News Portal

  • पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने

    भक्तपुरपोस्टसंवाददाताभक्तपुर, १६ माघ २०७९
    ३५९ पटक
    भक्तपुर, १६ माघ २०७९

    चलचित्र पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।

    चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपति प्रसादको प्रमुखमध्ये एक पात्र ‘भष्मे डन’को चरित्रमाथि बनाइने निर्माण टिमले जानकारी दिएको हाे ।

    चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनेछ ।

    कार्यक्रममा बोल्नुहुँदै अभिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसादको मायालाई कुनै कमी हुन नदिनेगरी फिल्म बन्न लागेको बताए ।

    अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि महत्वपूर्ण भएको जनाएका छन् । साथै, चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको जानकारी दिए । कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताए ।

    त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराएकोमा खुशी व्यक्त गरेका छन् । चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा खुशी लागेको र आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भुमिका कति महत्वपूर्ण छ भन्ने कुराले आफूलाई महत्व राख्ने बताए ।

    चलचित्रमा विपिन कार्कीको पनि मुख्य भुमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ ।

    चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् । चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...