News Portal

  • हातहतियारसहित मिटर व्याजी पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ माघ २०७९
    ४५१ पटक
     भक्तपुर, २२ माघ २०७९

    जनकपुरधामबाट हातहतियारसहित एकजना मिटर व्याजी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
    साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटर व्याजीको उजुरी दिएका थिए ।

    प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू भेटिएको थियो ।

    कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...