News Portal

  • तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ माघ २०७९
    २०७ पटक
    भक्तपुर, २३ माघ २०७९

    पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।

    विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उहाँका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय ८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष जिल्लामा एक हजार एक सय ३५ हेक्टर जमिनमा एक हजार दुई सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

    तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो । विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताउनुभयो । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पु¥याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउनुहुन्छ ।

    जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्स्युंको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा एक हजार दुई सय ६० हेक्टर जमिनमा एक हजार सात सय १५ मेट्रिक टन सर्स्युं उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लामा एक हजार दुई सय ७० हेक्टर जमिनमा एक हजार सात सय आठ मेट्रिक टन सर्स्युं उत्पादन भएको थियो ।

    कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायतका तेलहन बालीको उत्पादन बढेको हो । रासस

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...