News Portal

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २८ माघ २०७९
    ११०२ पटक
    भक्तपुर, २८ माघ २०७९

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा जगन्नाथ डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सानोठिमीमा सम्पन्न छैटौ जिल्ला सम्मेलनबाट जागृती माविका अंग्रेजी शिक्षक डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा यन्द्र दाहाल र महिला उपाध्यक्षमा बिमला थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रत्न सुनुवार र कोषाध्यक्षमा लोकेन्द्र बिष्ट निर्वाचित भएका बताइएको छ । कार्यसमितिका सदस्यहरुमा क्रमस शोभा साह, भूमिनन्द तिमिल्सिना, झलक धमला, बिनोद बासुकला, मञ्जु बराल, कृष्ण भक्त श्रेष्ठ, हिसिला श्रेष्ठ, जमुना सुबेदी, गीता राइ,  नारायण खड्का, गणेश तिमल्सिना र मिनबहादुर घिमिरे रहेका छन् । अध्यक्ष डुम्रे लगायत सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष लिला तामाङ्गले जानकारी गराएका छन् । संगठनका केन्द्रीय सचिव झम्क चौलागाईंले प्रस्तुत गरेको प्यानल प्रस्ताव सर्वसम्मत पारित भएपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरले नयाँ नेतृत्व पाएको उनले बताए । नव निर्वाचित कार्यसमितिका अध्यक्ष जगन्नाथ डुम्रेले शिक्षकको पेशागत हकहितको प्रवर्द्धन गर्न तथा जिल्लामा शिक्षाको बिकास गर्न अहोरात्र खट्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    अधिवेशनको उद्घाटन सत्रमा नेकपा(माओवादी केन्द्र)का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, सह इन्चार्ज एवं बागमती प्रदेश सभाका सांसद देवेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य एवं मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, जिल्ला संयोजक सुनिल गोठे र मध्यपुर थिमीका अध्यक्ष एवं नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनीहरुले अधिवेशनबाट आउने कार्यसमिति क्रान्तिकारी हुने र नयाँ कार्यसमितिले शिक्षामा रहेको बिकृती विसंगतीको अन्त्य गर्न र बैज्ञानिक शिक्षामार्फत सम्मुनत समाज स्थापना गर्न रचनात्मक भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरेका थिए ।

    उक्त अवसरमा सेवानिवृत्त भएका संगठनका शिक्षकहरुलाई सम्मान पत्रबाट सम्मानित समेत गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा रामभक्त बाँनिया,श्याम लिगल, विश्वप्रसाद पोखरेल र राजाराम श्रेष्ठ रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...