News Portal

  • जनताको प्रश्न सरकारसम्म पुर्याउन र सरकारको कामकारवाही जनतालाई थाहा दिन आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७९
    ४०२ पटक
    भक्तपुर, २८ माघ २०७९

    प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले प्रचण्ड नेतृत्वको सरकारसंग जनताको अपेक्षा जोडिएको बताएका छन् । परिवर्तनको नेतृत्वकर्ता पार्टीको अध्यक्ष हुनुको नाताले प्रधानमन्त्री प्रचण्डसंग जनताले धेरै अपेक्षा गरिरहेका उनले बताएका हुन् ।

    अध्यक्ष सापकोटाले शनिवार भक्तपुरको लोकन्थलीमा प्रेस सेन्टर उपत्यका प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै यसमा आवद्ध पत्रकारहरुले जनताको प्रश्न सरकार सम्म पुर्याउन र सरकारको कामकारवाही बारे जनतालाई थाहा दिन आग्रह समेत गरेका छन् । नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन समेत भएकोले प्रेस सेन्टरले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारसंग जनतासंग जोड्न सक्नुपर्नेमा उनले जोड दिए । प्रचण्ड नेतृत्वमा बनेको अघिल्लो सरकारले लोडसेडिङ्ग पुरै हटाएर उज्यालो नेपाल बनाएको स्मरण गर्दै अध्यक्ष सापकोटाले हरेक क्षेत्रलाई उज्यालो पार्नसक्ने इच्छाशक्ति, योजना र तत्परता प्रचण्डसंग मात्र भएको जिकिर गरेका थिए । उनले प्रचण्डलाई घेराबन्दी गरी काम गर्न नदिने चलखेल हुनसक्ने तर्फ सचेत रही प्रतिक्रान्तिकारीहरुको आक्रमणलाई पत्रकारिताको माध्यमबाट प्रत्याक्रमण गर्न प्रेस सेन्टर एलर्ट रहनुपर्नेमा जोड दिएका थिए ।

    उक्त अवसरमा अध्यक्ष सापकोटाले देशमा श्रमजीवी पत्रकारको पक्षमा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहिलो पंतिमा उभिने संगठन प्रेस सेन्टर मात्र भएको भन्दै अरु संगठनहरु प्रेस सेन्टरको अघि फिका जस्ता लाग्ने बताएका थिए । प्रेस सेन्टर नेपाल महान शहिदहरुको रगतले लेखिएको संगठन भएकोले यसको इतिहासलाई उचो राख्ने जिम्मा नयाँ पुस्ताको काधमा आइपुगेको अवगत गराउदै अध्यक्ष सापकोटाले क्रान्तिकारी धारलाई अझ धारिलो बनाउदै राजनीतिक बैचारिक र जनपक्षीय पत्रकारिताको बिकासमा लाग्न अभिप्रेरित गरेका थिए ।

    प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलको प्रमुख आतिथ्यता, नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष  सरल सहयात्री पौडेल तथा मध्यपुर थिमीका उपमेयर विजय कृष्ण श्रेष्ठको विशेष आतिथ्यता र प्रेस सेन्टर उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण र भावी कार्ययोजना तय गरेको उपत्यका प्रदेशकी महासचिव रोजिना थापाले जनाएकी छन् । उक्त अवसरमा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष गङ्गा बराल लगायतले संगठनलाई मार्गनिर्देश गरेका थिए । लोकन्थलीको इन्द्रशान पार्टी प्यालेसमा बसेको उक्त बैठकलाई प्रेस सेन्टर भक्तपुरले व्यवस्थापन एवं भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...