News Portal

  • गोल्ड मेडलिस्ट डा सुमित्रा गौतम ११ औं तहको परीक्षामा पनि पहिलो हुन सफल

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १ फागुन २०७९
    १७६० पटक
    Sumitra gautamभक्तपुर, १ फागुन २०७९

    भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् ।

    प्रमुख अब्स्ट्रेटिक्स एण्ड गाइनोकोजिस्ट पदको लागि २ जनाको माग गरी लोक सेवा आयोगले लिएको लिखित परीक्षामा ४ जना उतीर्ण भएका थिए । मौखिक परीक्षासहितको परीक्षाफल आइतबार प्रकाशन हुँदा उक्त पदमा डा गौतम पहिलो नम्बरमा सिफारिस हुन सफल भएकी छन् । उतीर्ण हुन सफल अर्का डाक्टर भने सिन्धुलीका डा भक्तबत्सल राउत हुन् । ललितपुरकी डा निशा राइको नाम भने बैकल्पिकमा परेको छ ।

    रुपन्देही स्थायी ठेगाना भएकी गौतम हाल बसाइ सराइ गरी भक्तपुरको सूर्यविनायक नगरबासी भएकी छन् । दधिकोटमा उनको घर रहेको छ । नेपालगंज मेडिकल कलेजबाट एमबिबिएस गरेकी डा गौतमले न्याम्सबाट गाइनोकोलोजीमा एमडी गरेकी छन् । उनी आफ्नो ब्याचकी गोल्ड मेडलिस्ट हुन् । स्वास्थ्य सेवा पुरस्कार, इण्ट्रिग्रिटी आइकन, बारबारा पुरस्कार लगायत दर्जनौं पुरस्कार पाएकी डा गौतम स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको योगदानका कारण राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित समेत भएकी छन् ।

    हाल भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट रहेकी डा गौतमको प्रशासनिक नेतृत्वमा भक्तपुर अस्पतालले काचुली फेरेको छ । उनकै पहलमा यस अस्पतालमा आइसीयु, एचडियु लगायत सेवा शुरु भएपछि अस्पतालले १ सय १७ वर्षपछि आइसीयु एचडियुयुक्त हुने अवसर पाएको हो । गरिब र जेष्ठ नागरिकका लागि उपचार निशुल्क गरिएको यस अस्पतालमा दुरबीन विधिबाट शल्यक्रिया भित्राएको, अल्जाइमर्सको उपचार र स्मरण शक्ति बढाउने थेरापी शुरु गरेको, आफ्नै सहुलियत फार्मेसी संचालनमा ल्याएको लगायत श्रेय पनि मेसु गौतमले पाएकी छन् । कोभिड १९ को महामारीमा उनको नेतृत्वमा रहेको भक्तपुर अस्पतालले अहोरात्र खटेर स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको थियो । उनको नेतृत्वमा भक्तपुर अस्पताल बागमती प्रदेशकै सबैभन्दा उत्कृष्ट अस्पातल ठहर भई प्रदेश सरकारले पुरस्कृत समेत गरेको छ ।

    ११ औं तह उतीर्ण भएपछि डा गौतमले आफ्नो खुशी अस्पतालका सहकर्मी र भक्तपुरबासीसंग बाढेकी छन् । भक्तपुर पोस्ट संग प्रतिक्रिया दिदै उनले आफू जहाँ भएपनि आफ्नो बलबुताले भ्याए सम्म भक्तपुरबासीलाई स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने समेत बताइन । सरकारी अस्पताल राम्रो बनाउनुपर्छ भन्ने सोच भएकी डा गौतमको कुनै निजी क्लिनिक रहेको छैन भने उनले जिल्लामा भक्तपुर अस्पताल बाहेक अन्यत्र बिरामी जाच्ने काम पनि कहिल्यै गरिनन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...