News Portal

  • भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन सञ्चालन गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ फागुन २०७९
    ५०३ पटक
    भक्तपुर, ५ फागुन २०७९

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण र संचालन गर्ने भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले सोका लागि भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित गरेको हो । सभामा सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरुको संयुक्त लगानीमा जनताको सहजताको लागि बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गरी सञ्चालन गर्न कार्यविधि बनेको स्पष्ट पारेका छन् ।

    बिहिबार बसेको नगरसभाको विशेष समयमा सभासद्हरुले भक्तपुरनपाद्वारा सञ्चालित नगरस्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार, ख्वप अस्पतालको सेवा र पार्किड्ड व्यवस्थापन, सुधारिएको शवदाह गृह व्यवस्थापन, पार्किङ व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, सडक बत्तीको सुधार, कृषकहरुलाई निःशुल्क वीउ विजन वितरण, आवास योजनाहरुमा सडक पेटी व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरु सुरक्षित रहेको, सहकारीहरुले भाखा नाघेको ऋण व्यवस्थापन नगर्दा केही सहकारीहरुमा समस्या आएको र जग्गा बहाल करसम्बन्धी कुरा अघि बढिरहेको लगायतका धारणा राखेका थिए । स्वास्थ्य, शिक्षा, संस्कृति तथा वातावरण समितिका सदस्य रविन्द्र ज्याख्यले ख्वप अस्पतालमा विरामीको चाप हेरी सेवा विस्तार र सुधार गर्न प्रयास गरिने, आयुर्वेद औषधीका लागि थप बजेटको व्यवस्था गर्ने प्रयास रहने तथा घुम्ती सरसफाइको लागि समितिमा छलफल गरिने लगायतका धारणा राखे ।

    त्यसैगरी निर्माण समितिका संयोजक उकेश कवांले विकास निर्माण सम्बन्धी जिज्ञासामाथि प्रष्ट पार्दै वार्षिक बजेट र योजनामा समावेश भएको योजनालाई प्राथमिकतामा राख्दै कार्य गरिने र खोलाको मापदण्ड २० मीटर कायम गर्न प्रयास गर्दै आएको तथा सुधारिएको शवदाह गृह स्तरोन्नतीको लागि प्राविधिक सुझाव अनुसार अगाडि बढाइने बताए ।

    सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको प्रस्तावित विनियम, २०७८ सभामा छलफलको लागि सभामा प्रस्तुत गरे । सभाध्यक्ष प्रजापतिले नगरसभाको अर्को बैठक फागुन ८ गते सोमबार दिनको १ बजे बस्नेगरी बैठक सकाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...