News Portal

  • दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूल पुग्यो २५ वर्ष, रजत महोत्सव मनाउन यस्तो तयारी

    निशा कुस्मा भक्तपुर, ५ फागुन २०७९
    ७१४ पटक
    golden sungava school duwakotभक्तपुर, ५ फागुन २०७९

    भक्तपुरको चाँगुनारायण-२ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कूल स्थापनाको २५ वर्ष पुगेको छ । २५ वर्ष पुगेको अवसरमा विद्यालयले रजत महोत्सव मनाउने तयारी पूरा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी विद्यालयले रजत महोत्सव बारे जानकारी गराएको हो ।

    फागुन ७ गतेदेखि एक साता सम्म बिबिध रचनात्मक कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक महेश गौतमले जानकारी गराएका छन् । रजत महोत्सवको पहिलो दिन फागुन ७ गते विद्यार्थीहरुबीच पिटी प्रतियोगिता हुने र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने उनले बताए । सो भन्दा पहिले बिहानै विद्यार्थी, अभिभावक सहित शिक्षकहरुले वाकाथुन गर्ने उनले जानकारी गराए ।

    दोस्रो दिन फागुन ८ गते विद्यालयले सञ्चालन गरिरहेको गायन र नृत्य आइडलको फाइनल हुने र उक्त प्रतियोगिता सहित विद्यालयको अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रिन्सिपल गौतमले बताए ।

    तेस्रो दिन फागुन ९ गते विद्यार्थीहरुलाई नेपाली मौलिक खाना, कलासँस्कृति र भेषभुषाको बारेमा जानकारी दिने उद्देश्यले विद्यार्थीले नै तयार पारेका बिबिध खानाका स्टल सहित सास्कृतिक मेला एवं कला र विज्ञान प्रदर्शनीको समेत आयोजना गरिने उनको भनाइ छ । उक्त दिन सम्भव भएसम्म उपस्थित सबैले मौलिक परम्परा अनुसारका पोशाक लगाउन प्रेरित गरिएको उनले बताए ।

    महोत्सवको चौंथो दिन फागुन १० गते विद्यार्थीहरुकै संलग्नतामा सामाजित सचेतनामूलक सडक नाटक चोकचोकमा प्रदर्शन गर्ने बताइएको छ । करिव २० मिनेटको उक्त नाटक निकोशेरा, दुवाकोट मोड, दुवाकोट हाईट र व्यासीमा गरी चार स्थानमा प्रदर्शन गरिने प्रधानाध्यापक महेश गौतमले जानकारी गराए ।

    त्यसैगरी पाँचौं दिन फागुन ११ गते विद्यार्थीमा अरुलाई सहायता गर्ने संस्कृति बिकास गर्न मुठ्ठी दानको कार्यक्रम मार्फत प्राप्त हुने दानलाई संकलन गरी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । विद्यार्थीहरुमा सेवाभाव जगाउने र उनीहरुलाई नैतिकवान र सामाजिक बनाउने उदेश्यले हरेक विद्यार्थीहरुलाई एक मुठी चामल, एउटा आलु र प्याज जस्ता तरकारी दान दिन प्रेरित गरिएको र त्यसलाई मानव सेवा आश्रमलाई दान गरिने विद्यालयले तयारी गरेको छ ।

    महोत्सवको छैंटौं दिन फागुन १२ गते कक्षा नर्सरीदेखी कक्षा ३ सम्म अभिभावक दिवस घोषणा गरी सो तहका विद्यार्थीका बिबिध प्रतिभा प्रस्फुटन गराइने गरी कार्यक्रम तय गरिएको प्रिन्सिपल गौतमले बताए ।

    सातौं दिन फागुन १३ गते कक्षा ४ देखी कक्षा १० सम्मको लागि अभिभावक दिवस घोषणा गरिएको छ । यस दिन सो तहका विद्यार्थीका बिबिध प्रतिभा प्रस्फुटन गराइने बताइएको छ ।

    अभिभावक दिवसका अवसरमा सो विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गर्ने प्रिन्सिपल गौतमले जानकारी गराए । त्यतिमात्र होइन, विद्यालयलाई यस उचाइमा ल्याइपुर्याउन योगदान गर्ने पूर्व सस्थापक, पूर्व अध्यक्ष, पूर्व प्रिन्सिपल लगायतलाई पनि सम्मान गर्ने विद्यालयले तयारी गरेको छ ।

    पत्रकार संग कुरा गर्दै विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले वि. सं. २०५३ सालमा ५० जना विद्यार्थी लिएर शुरु गरेको विद्यालयले अहिले १ सय २० जनालाई निशुल्क पढाउँन समेत सफल भएको जानकारी गराए । विद्यालय सञ्चालक पक्षले विद्यालयलाई सेवामूलक बनाएको जिकिर गर्दै उनले स्वरोजगारमूलक उदेश्य रहेकोले नाफामुखी नभएको प्रष्ट पारे । सञ्चालक शिक्षण पेशामा लामो समयदेखि रहेकाले स्थानीयले विश्वास गरेका र हाल ८ सय बढी विद्यार्थी विद्यालयमा अध्यनरत रहेका उनको भनाइ छ ।

    अध्यक्ष निरौलाले विद्यालयले सरकारले तोके भन्दा दोब्बर बढी संख्यामा छात्रवृत्ति  बाँडेर सामाजिक दायित्व पूरा गरिरहेको पनि प्रष्ट पारे । छात्रवृत्ति प्रदान गर्दा नगरपालिकाको सिफारिस मात्र नभई स्थानीय टोल सुधार समितिहरुको सिफारिसलाई पनि मान्यता दिएर विद्यालयले काम गरिरहेको अध्यक्ष निरौलाले जानकारी गराए ।

    ५५ जना भन्दा बढी शिक्षकलाई प्रत्यक्ष रोजगारी दिएको विद्यालय ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । शैक्षिक नतिजामा जिल्लामै नाम कमाएको गोल्डेन सुनगाभा स्कूल फरक र सरल सिकाइ शैलीका कारण अभिभावकहरुको रोजाइमा पर्ने गरेको विद्यालय हो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...