News Portal

  • दूधको मूल्य बढाउने तयारीमा राष्ट्रिय दुग्ध विकास बोर्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० फागुन २०७९
    २२६ पटक
     भक्तपुर, १० फागुन २०७९

    राष्ट्रिय दुग्ध विकास बोर्डले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै बोर्डले प्रतिलिटर १० रुपियाँ मूल्य बढाउने प्रस्ताव गरेको हो ।

    बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुग्ध विकास संस्थान, पशुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिए । वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूल्य प्रतिलिटर १० रुपियाँ मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले बताए । बोर्डले एक साताअघि मन्त्रालयमा मूल्य बढाउन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

    यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूल्य प्रतिलिटर ६० रुपियाँ पु-याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूल्य फिर्ता भएको थियो ।

    नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुपर्ने बताएका छन् । बजारमा अधिकांश वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव किसान र उद्योगलाई पर्न गएको उनको भनाइ छ । अहिले बजारमा दैनिक ३५ लाख लिटर दूधको माग रहेकोमा ३१ लाख लिटर आपूर्ति भइरहेको र पाँच लाख लिटर दूध अपुग रहेको उनले जानकारी दिए ।

    कोभिडपछि पशुुपालन व्यवसायबाट किसान पलायन हुन थालेपछि उत्पादन घट्दै गएपछि बजारको माग पूरा गर्न कठिन भएको उनले बताए ।

    २५ प्रतिशत दूध अभाव

    दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले बजारमा अहिले २५ प्रतिशत दूधको अभाव रहेको बताए । चैत–वैशाखदेखि भदौसम्म दूधको ‘अफ सिजन’ भए पनि दूधको अभाव भने पुस–माघदेखि नै हुन थालेको उनले जानकारी दिए । “डीडीसीले बजार मागको ७५ प्रतिशत दूध मात्र वितरण गरिरहेको छ,” उन्ल्के भने, “उत्पादन कम हुुँदा मागअनुसार वितरण गर्न सकिएको छैन ।” डीडीसीले हाल दैनिक मुलुकभर एक लाख २० हजार लिटर दूध सङ्कलन गरिरहेको छ । यसअघि जाडो महिनामा एक लाख ६० हजार लिटर दूध सङ्कलन हुने गरेको थियो । डीडीसीका अनुसार मुलुकमा वार्षिक १४ प्रतिशतका दरले दूधको माग बढ्ने गरेको छ ।

    उपत्यकामा दैनिक ७५ देखि ८० हजार लिटर मात्र दूध वितरण गरिएको डीडीसीले जनाएको छ । दूधको अभाव हुँदा कारखानामा ५० प्रतिशत मात्र सञ्चालनमा आएको उनको भनाइ छ । उत्पादन कम हुुँदा बजार माग धान्न कठिन परेकाले दूधको आपूूर्ति व्यवस्था सहज पार्न भारतबाट दूध आयात गर्न मन्त्रालयलाई पत्राचार गरिएको गिरीले जानकारी दिए । नियमित रूपमा कारखाना चलाउन र बजार माग धान्न दैनिक ४० देखि ५० हजार लिटर दूध आयात गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

    राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकामा ७.५ प्रतिशत पशुपन्छी र दुग्ध क्षेत्रको ३.५ प्रतिशत योगदान रहेको छ । गोरखापत्र दैनिकr

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...