News Portal

  • शहिद र बेपत्ताका सपना साकार पार्न परिवारको आग्रह,सरकारलाई जनतासंग जोड्नपर्नेमा जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ फागुन २०७९
    १६२३ पटक
    भक्तपुर, १३ फागुन २०७९

    भक्तपुरबाट जनयुद्धमा सहभागी भै सहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुलाई सम्मान व्यक्त गर्दै परिवारजनलाई सम्मान पत्र प्रदान गरिएको छ ।

    नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिले शनिवार एक विशेष कार्यक्रमका बीच शहिद तथा बेपत्ता परिवारलाई सम्मान पत्र प्रदान गरेको हो । नगर समितिका अध्यक्ष राकेश सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो । पार्टीले सम्झना गर्दा मात्र पनि आफूहरुलाई आनन्द आउने प्रतिक्रिया दिदै सम्मानित शहिद तथा बेपत्ता परिवारले जनताको अधिकत्तम हित हुने काम गर्नु पार्टी नेतृत्वको सरकारको कर्तब्य भएको भन्दै अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड समक्ष सो कुरा पुर्याइदिन  नेताहरुलाई आग्रह गरेका थिए । शहिद र बेपत्ताका सपना साकार पार्न गास, बास, कपास र स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता औल्याउदै सरकारलाई जनतासंग जोड्नपर्नेमा उनीहरुले जोड दिए ।

    उक्त अवसरमा पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले जनयुद्धकै कारण वर्तमान परिवर्तन सम्भव भएको भन्दै जनयुद्ध देशको गौरवपूर्ण इतिहास भएको प्रष्ट पारे । जनयुद्धलाई अपराधीकरण गर्न उद्धत प्रतिगामी तत्वलाई परास्त गर्न क्रान्तिकारीहरु एकतावद्ध हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले यस वर्षबाट जनयुद्ध दिवसलाई बागमती प्रदेश सरकारले मात्र नभई नेपाल सरकारले नै राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरेको स्मरण गर्दै जनयुद्धमा लागेका सबैका लागि यो खुशीको कुरा भएको जिकिर गरे । जनयुद्धका क्रममा माओवादीलाई छानीछानी मार्ने र मार्न लगाउनेहरुले अहिले माओवादीलाई ज्यानमाराको आरोप लगाइरहेकाले त्यसबाट बिचलित नबन्न र सहयोद्धाको बलिदानीको ऋण चुक्ता गर्न थप क्रान्तिकारी बन्न उनले प्रेरित गरेका थिए । शहिद र बेपत्ताका सपना पुरा गर्ने काम बाचेका क्रान्तिकारीहरुको काधमा आएको बताउदै सरकार र नेताकार्यकर्ताका हरेक काम जनमुखी हुनु नै उनीहरु प्रति सच्चा सम्मान हुने उनले बताए । जनयुद्धका महान शहिद र जनताका पक्षमा बोलेकै कारण हालसम्म बेपत्ता पारिएका जनयोद्धाका सपनालाई साकार पार्न मुख्यमन्त्री जनता कार्यक्रममार्फत प्रदेश सरकारलाई जनसेवामा जोड्न आफूले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता समेत प्रकट गरे ।

    उक्त अवसरमा पार्टीका जिल्ला संयोजक सुनिल गोठे बासुले भक्तपुर नगर समितिले जनयुद्धका महान शहिद र बेपत्ता परिवारलाई सम्झेर र सम्मान गरेर असल अभ्यास शुरु गरेकोप्रति सन्तोष व्यक्त गरेका थिए ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य उमा कपाली, केन्द्रीय सल्लाहकार त्यसैगरी जिल्ला सचिव जीवन तज, प्रदेश सदस्य दिनेश थपलिया आक्रोस लगायत सहभागी रहेका थिए । कार्यक्रममा जनयुद्धकालीन माओवादी नेता एवं लोसपाका केन्द्रीय सदस्य श्रीराम खाइजु समेत सहभागी थिए ।

    जनयुद्धको स्मरणमा आयोजित उक्त औपचारिक कार्यक्रमपछि सुकुल भोजको आयोजना गरिएको थियो । उक्त अवसरमा सहभागीहरुले जनयुद्धको आधीमय एवं कठिन घडीको सम्झना गर्दै व्यवस्था संगै जनताको अवस्था बदल्न सकियोस भन्दै शुभकामना आदानप्रदान गरेका नगर सचिव बिक्रम ह्यांहोले बताए । कार्यक्रमका लागि सहभागीहरुबाट सहयोग शुल्क लिइएको नगर कोषाध्यक्ष कृष्णमान बनमालाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...