News Portal

  • कलालाई अर्थतन्त्रसंग जोड्नुपर्छ : डिपी ढकाल

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १४ फागुन २०७९
    ११८६ पटक
    काठमाडौं, १४ फागुन २०७९

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका हुन् ।

    देशमा ललितकलाका हजारौं कलाकार भएपनि कलाबाट जीविकोपार्जन गर्ने अवस्था न्यून हुँदा कतिपय कलाकार पलायन भएका र कतिपयले बैकल्पिक पेशा अगाल्नुपर्ने बाध्यताबारे चिन्ता व्यक्त गर्दै अर्थविद समेत रहेका ढकालले कलाबाटै जीविकोपार्जन हुनसक्ने योजना बनाउन सुझाव दिए । कलाकारले आफ्नो कला कृती बेचेर बिदेशी मुद्रा आर्जन गर्न सके त्यसले देशकै अर्थतन्त्र उकास्न समेत मद्दत मिल्ने उनको भनाइ छ । देशमा कला पर्यटनको प्रचुर सम्भावना रहेको जिकिर गर्दै उनले कलाकारिताको प्रत्यक्ष अवलोकन गर्न पाउने स्थल निर्माणको योजना ल्याए बागमती प्रदेश सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्नसक्ने समेत बताए ।

    कलाले सभ्यताको सौन्दर्यकरण गर्ने भन्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले देशलाई चिनाउने ललितकलाको बिकासमा प्रदेश सरकारले महत्वका साथ् सहयोगको हात अघि बढाउने आश्वासन दिएका थिए । आगामी आर्थिक वर्षमा ललितकलाको बिकासको क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण र बजेट बिनियोजनमा आफूले सक्दो सहयोग गर्ने भन्दै उनले आवस्यक योजनाको प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।

    उक्त अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशका तीनैवटा सरकारसंग समन्वय गरी ललितकलाको बिकासमा अघि बढ्ने योजनाबारे अवगत गराएका थिए । उपकुलपति लाल काजी लामाले रामेछापको सुनापतिमा थान्का कलाको हब बनाउन प्रदेश सरकारको सहयोगको अपेक्षा गरे ।

    त्यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले(देवेन्द्र थुम्केली) ले बागमती प्रदेशभित्र मात्र २० हजार बढी कलाकार रहेकाले प्रदेश सरकारले कला र कलाकारको बिकासको क्षेत्रमा सहयोग गर्ने बिश्वास व्यक्त गरे । कलाकारलाई दक्ष बनाउन र प्रादेशिक कला प्रदर्शनी र प्रोत्साहनको व्यवस्था गर्न उनले माग गरेका थिए । बौद्धिक युवा नेताको पहिचान बनाएका अर्थ राजनीतिका बिज्ञ ढकाल प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार भएकाले कला क्षेत्रले उनीबाट धेरै आश गरेको सदस्य सचिव थुम्केलीले बताए ।

    छलफलमा प्राज्ञ सौरगंगा दर्शनधारी, प्राज्ञ पाल्साङ्मो लामा, प्राज्ञ प्रदीप अधिकारी, प्राज्ञ अरूणा हिङमाङ्ग, प्राज्ञ संजय बान्तवा लगायतले स्थानीय तहमा जथाभावी मूर्ती स्थापना गर्दा देशकै कला क्षेत्रको बद्नाम भएको दुखेसो व्यक्त गरे । उनीहरुले इन्जिनियरबाट निर्माण नियन्त्रण गरेजस्तै ललितकला विज्ञको निगरानी र स्वीकृतीमा मात्र मूर्ती स्थापनाको व्यवस्था मिलाउनुपर्ने बिचार व्यक्त गरेका थिए । बागमती प्रदेशको कला र सौन्दर्य वृद्धिका लागि प्रतिष्ठानलाई काम गर्ने अवसर दिनुपर्ने प्राज्ञहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...