News Portal

  • दुर्घटनामा परेकाको पहिचान खुल्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन २०७९
    २६७ पटक
     भक्तपुर, २१ फागुन २०७९

    आइतबार बिहान ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छ । जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।

    दुर्घटनमाचिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाले आफ्नो ज्यान गुमाएका हुन् ।

    उक्त बोलेरो जिपमा चालकसहित १३ जना यात्रु थिए । दुर्घटनामा नौ जना गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा पुर्न भएका तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्कीको अवस्था गम्भीर छ ।

    उनीहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिएका छन् ।

    जिपमा सवार दुई जना नाबालकको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारण साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...