News Portal

  • वाइसिएल भक्तपुरले पेश गर्यो पाँच बुँदे ज्ञापन पत्र

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ फागुन २०७९
    ४२३ पटक
    भक्तपुर, २३ फागुन २०७९

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसिएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत उक्त ज्ञापन पत्र बुझाइएको हो ।

    मंगलवार बिहान पाँच बुँदे माग सहितको ज्ञापन पत्र लिएर वाइसिएल भक्तपुरको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । वाइसिएल भक्तपुरका इन्चार्ज नरेश रंजित र कावा अध्यक्ष समेत रहेका सचिव सरराज उप्रेतीले ज्ञापन पत्र हस्तान्तरण गर्दै शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न र त्यसका बिरुद्ध लागेका तत्वहरुलाई नियन्त्रण गर्न माग गरेका छन् ।

    ज्ञापन पत्र बुझाउन वाइसिएल भक्तपुरका नेताहरु, चारै नगर अध्यक्षहरु लगायत युवाहरु जिप्रका पुगेका थिए

    उक्त अवसरमा ज्ञापन पत्रको आवश्यकतामाथि प्रष्ट पार्दै वाइसिएलका केन्द्रीय सचिव डिपी थपलियाले शान्ति प्रक्रियालाई बिथोल्ने गरी राज्यका कुनैपनि संयन्त्र परिचालित हुनु नहुने बताए । जनयुद्धकालिन घाउहरु निको पार्न कोट्याएर मात्र नहुने र त्यसको उचित उपचार हुनुपर्ने भन्दै उनले शान्ति सम्झौताको मर्म अनुरुप तत्कालिन राज्य पक्ष र बिद्रोही पक्षका मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनुपर्नेमा जोड दिए । समय संगै प्रतिगामी तत्वले मुद्दामा खेल्न सक्ने जिकिर गर्दै सचिव थपलियाले छिटोभन्दा छिटो जनयुद्धकालिन मुद्दाहरुको छिनोफानो हुनुपर्ने माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाइएको बताए ।

    ज्ञापन पत्रमा पाँच बुंदामा माग राखिएको वाइसिएल जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी गराए । ”जनयुद्ध लगायत परिवर्तनको लागि भएका सबैखाले आन्दोलनमा शहिद भएका र बेपत्ता पारिएका परिवारलाई राज्यले सम्बोधन गरी क्षतीपूर्ती दिनुपर्ने, बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने लगायत न्यायिक माग राखिएको छ ।” उनले भने । त्यसका अतिरिक्त वाइसिएलले देशको अर्थतन्त्र उकास्न, वित्तीय सस्थाको मानोमानी नियन्त्रण गर्न र सरकारी निकायमा हुनेगरेका भ्रष्टाचार, अनियमितता एवं ढिलासुस्ती लगायत रोक्न र साच्चिकै जनताको सरकार बन्न समेत आग्रह गरेको छ ।

    वाइसिएलको ज्ञापन पत्र बुझ्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तुरुन्तै सोपत्र प्रधानमन्त्री समक्ष पुर्याइदिने प्रतिवद्धता प्रकट गरेका वाइसिएल नेता रोशन बासुकलाले बताए ।

    हेर्नुस ज्ञापन पत्र

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...