News Portal

  • यथार्थवादी निर्देशक प्रताप सुब्बाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ चैत्र २०७९
    २३९ पटक
    भक्तपुर, ३ चैत्र २०७९

    यथार्थवादी निर्देशक प्रताप सुब्बाको बिहिबार निधन भएको छ । अस्वस्थताका कारण भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचारत ७८ वर्षीय सुब्बाको बिहिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

    केही वर्षयताबाट उनी परिवारका साथ भारतको दर्लिलिङमा बस्दै आएका थिए । उनको निधनप्रति धेरैले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत सुब्बालाई बिहीबार नै दार्जिलिङ लगेर अन्त्यष्टि गरिने बताइएको थियो ।

    २००१ सालमा दार्जिलिङमा जन्मिएका प्रताप सुब्बाले कलकात्तमा भारतीय फिल्ममा काम गर्ने क्रममा त्यति बेलाका चर्चित निर्देशक सत्यजीत रेसँग भेट्ने अवसर पाएका थिए । भारतबाट १९५५मा निर्देशक सत्यजीत रेले फिल्म पाथेर पञ्चेली बनाएर फ्रान्सबाट सुरु भएको ‘न्यु वेभ’ फिल्म अभियानलाई भारतबाट अघि बढाएका थिए । निर्देशक रेबाट प्रभावित सुब्बाले २०३५ सालमा न्यु वेभ अभियानलाई पछ्याउँदै नेपालमा चलचित्र ‘परालको आगो’ निर्देशन गरेर फरक धारको नेपाली सिनेमाको यात्रा अघि बढाएका थिए ।

    गुरुप्रसाद मैनालीको कथामा निर्माण भएको सुब्बाको फिल्म परालको आगो त्यतिबेला निकै रुचाइएको थियो । सत्यजीत र अर्का भारतीय निर्देशक मृणाल सेनलाई आदर्श मन्दै आएका प्रताप सुब्बाले नोपली चलचित्र उद्योगमा आफ्नो निर्देशनमा करिब एक दर्जन चलचित्र पस्किएका थिए । उनले एक दशक अघि फिल्म ‘सिमलको भुवा’ निर्देशन गर्ने भने पनि यो फिल्म निर्माण हुन सकेन ।

    दार्जिलिङबाट फिल्म परालको आगो बनाएपछि आफ्नो निर्देशनमा प्रताप सुब्बाले अर्को चलचित्र बाँच्न चाहनेहरू, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो जस्ता चलचित्र पनि दार्जिलिङबाट बनाएका थिए । त्यतिबेला नेपाल सिनेमाबाट नेपाली मूलका भारतीयलाई नेपालसँग जोड्नो निर्देशकका रूपमा परिचित थिए । कलकात्ता र मुम्बईमा रहेर नेपाली चलचित्र निर्माण निर्देशन गरेका उनी काठमाडौं आएर यतै चलचित्र निर्देशनमा अघि बढेका थिए । उनले नेपालमा दिदी, चट्याङ र भीष्म प्रतिज्ञाजस्ता केही सफल चलचित्रसमेत निर्देशन गरे । यी चलचित्र कलात्मकसँगै व्यावसायिक रूपमा पनि सफल मानियो ।

    २०५० को दशकमा ‘डायमन्ड फिल्म इन्टिच्युट’ स्थापना गरेर उनले नेपाली चलचित्रमा कैयौं कलाकार, निर्देशकलाई जन्माए । धेरै कलाकारको गुरुका रूपमा परिचित उनको डायमन्ड फिल्म इन्टिच्युट बन्द भएपछि सुब्बाले ‘सने युनिभर्स’ स्थापना गरे । यो इन्टिच्युटबाट सुब्बाले चलचित्र निर्देशन, छायांकन, सम्पादन जस्ता विधामा विज्ञबाट प्रशिक्षण दिए । यसरी नेपाली चलचित्रमा कलाकार र निर्देशकसँगै उनले छायाँकार र सम्पादक पनि त्यत्तिकै मात्रामा जन्माएका थिए । सोही कारण पनि उनी नेपाली चलचित्र उद्योगका धेरै निर्देशक, कलाकार तथा प्राविधिकका कुशल गुरुका रूपमा परिचित थिए । उनी आफैं कुशल फिल्म लेखक पनि थिए । आफूले निर्देशन गरेका मात्र हैन, अन्य थुप्रै चलचित्रमा पनि उनले स्कृप्ट राइटर भएर काम गरेका थिए ।

    नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा विशेष अतिथि भएर गतवर्ष काठमाडौं आएका उनले आफ्नो फिल्म यात्रा र आफूले नेपाली चलचित्रमा ल्याएको परिवर्तनका बारेमा चर्चा गरेका थिए । त्यसपछि फेरि दार्जिलिङ फर्किएका चलचित्र निर्देशक तथा लेखक प्रताप सुब्बा बिहीबार भौतिकरूपमा अस्ताएका छन् । तथापि, आफूद्वारा निर्देशित चलचित्रले उनलाई नेपाली चलचित्रवृत्तमा चिरकालसम्म जीवित राख्ने छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...