News Portal

  • लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत २०७९
    ६०४ पटक
    भक्तपुर, ४ चैत २०७९

    भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो ।

    प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफूले विद्यालयमा पढेका पाठहरूलाई यन्त्र र चित्र विधिबाट प्रस्तुत गरेका थिए । शैक्षिक प्रदर्शनी विज्ञान विषयमा मात्र केन्द्रीत नभई सबै विषय समेटिएका देखिन्थे ।

    कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक उत्तर कुमार चबेगुले बताए । “आफ्ना नानीबाबुहरुका साथ ४ सय भन्दा बढी अभिभावकहरुले प्रदर्शनी अवलोकन गर्नुभयो ।” उनले भने ।

    अभिभावकहरुले उत्साहपूर्वक प्रदर्शनीको अवलोकन गरेका थिए । आफ्ना नानीबाबुका कला र क्षमता अवलोकन गर्न पाउदा उनीहरु दंग देखिन्थे ।

    अभिभावकहरु कक्षा २ का नानीबाबुको प्रस्तुतीबाट निकै खुशी देखिएका थिए । उनीहरुले झरना, डुंगा र घर लगायतको बारेमा बताएका थिए ।

    प्रदर्शनीमा नदी र पोखरीको फोहोर टिप्ने डुङ्गा बनाएर विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए । पानी शुद्ध गर्ने देखि रोप वे, सडक बत्ती र सौर्य मण्डल बारे पनि प्रदर्शनीमा विद्यार्थीले प्रदर्शनी गरे ।

    त्यतिमात्र होइन, विद्यार्थी गणितको बिभिन्न कोणहरु बारे चित्र द्वारा व्याख्या गरे भने बिभिन्न बनौट समेटिएको पार्क बनाई प्रदर्शनी गरिएको थियो । उनीहरुले चिडियाखानाको डिजाइन समेत बनाएर देखाए ।

    विद्यार्थीहरुले नेपालको नक्सा पनि प्रदर्शनीमा राखेका थिए । जसबाट उनीहरुले पछि समेटिएको भूभाग, प्रदेश र प्रदेशका राजधानी सहित राजनीतिक र प्राकृतिक विभाजन लगायतबारे बताएका थिए ।

    उक्त अवसरमा विद्यार्थीहरुले ल्यापटप, मोबाइल लगायत संचारका साधनहरु बनाइ त्यसको व्याख्या गरेका थिए भने नेपालीका बिभिन्न शब्द र व्याकरणको पनि बगैचा बनाएका थिए ।

    प्रदर्शनीमा विद्यार्थी आफैले पकाएका बिभिन्न खानेकुरा सहितका स्टल खोलिएका थिए । जहाँ अभिभावकहरुले पैसा तिरेर उनीहरुले पकाएका परिकारका स्वाद चाखेका थिए ।

    अभिभावक संघका अध्यक्ष शोभाकान्त आचार्यले विद्यालयको प्रदर्शनी प्रभावकारी भएको भन्दै यस प्रकारका कार्यक्रमहरुलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका छन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभइ व्यबहारिक तथा जीवन उपयोगी शिप आर्जन गर्न अवसर प्रदान गर्ने उनले बिश्वास व्यक्त गरे ।

    प्रदर्शनीमा सहभागी कक्षा छ की छात्रा सफलता घिमिरेले आफूले सिकेका कुरा शिक्षक र अभिभावकहरुलाई देखाउन पाउँदा निकै खुशी लागेको भन्दै थप राम्रो गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिइन । यसले सिकेको कुरालाई सम्झन र समूहमा मिलेर काम गर्न सिकाएको समेत उनको भनाइ छ ।

    यस कार्यक्रमका संयोजक भने विद्यालयका सह–प्रधानाध्यपक भूपाल श्रेष्ठले गरेका थिए । विद्यार्थीका प्रतिभाहरु प्रस्फुटन गराउदै विद्यालयलाई एक नमुना विद्यालयको रुपमा स्थापित गर्नेगरी अतिरिक्त क्रियाकलापमा जोड दिइएको उनले जानकारी दिए ।

    विद्यालयका संचालक एवं व्यवस्थापक प्रकाश दुवालले अतिरिक्त क्रियाकलापलाई विद्यालयले निरन्तरता दिने बताउदै साथ् र सहयोगका लागि विद्यार्थी,शिक्षक,अभिभावक र शिक्षाप्रेमीहरुप्रति आभार प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...