News Portal

  • विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    तिलक बटाला काठमाडौं, ८ फागुन २०७९
    ६६१ पटक
    काठमाडौं, ८ फागुन २०७९

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ ।

    विश्वभर हरेक बर्ष २१ मार्चमा विश्व डाउन सिन्ड्रोम दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ । यसै अवसरमा चैत ६ र ७ गते ततअनुसार २०२३ मार्च २० र २१ मा डाउन सिन्ड्रोम समाज नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।

    प्रमुख अतिथि रहेका सङ्घीय सांसद प्रकाश पन्तले उदघाटन गरेपछि कार्यक्रम शुरु भएको थियो । संस्थापक अध्यक्ष शिला थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालस्थित अष्ट्रेलियाली दूतावास हे फेलिसिटी वोक, फिनल्याण्डकी राजदूत रिना-रिक्का हेक्का जेन क्रिल थम्पसन, प्रारम्भिक हस्तक्षेप र शिक्षा परामर्शदाता, संयुक्त राज्य अमेरिकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख उपसचिव जमुना मिश्र, राष्ट्रिय अपाङ्गता महासंघ नेपालका पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतको आतिथ्यता रहेको थियो ।

    त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यकारी अध्यक्ष देवीदत्त आचार्य, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, शिक्षा तथा मानव श्रोत विकास केन्द्र समावेशी शिक्षाबाट दिव्या दवाडी, सामाजिक कार्यकर्ता मगगी शाह, लगायत सम्पूर्ण सरोकारवाला निकायहरु र विभिन्न संस्थापक समितिका पदाधिकारी, अविभावकहरु सहभागी रहेका थिए ।

    सोही कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय मार्फत भ्रच्युएल मार्फत डाउन सिन्ड्रोम अवस्था भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र जीविकोपार्जन सम्बन्धी अनुभव आदान प्रदान गरिएको थियो । उक्त अवसरमा डाउन सिन्ड्रोम भएका बालबालिकाले आफ्नो बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

    गोष्ठीमा डाउन सिन्ड्रोम भएका बालबालिकालाई घरपरिवारले मात्र हेरेर नपुग्ने र राज्यले विशेष सुविधा एवं अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । यस्ता व्यक्तिहरुले उचित हेरचाह, शिक्षा र जीविकोपार्जनको अवसर पाउनुपर्ने वक्ताहरुले प्रष्ट पारेका छन् । डाउन सिन्ड्रोमका बारेमा अझै जनचेतनाको खाँचो भएको भन्दै यस्ता बालबालिकामा हुने फरक क्षमता पहिचान गर्न सक्नुपर्ने आवश्यकता औल्याइएको छ ।

    डाउन सिन्ड्रोम एक यस्तो अवस्था हो जो व्यक्ति जन्मदै बौद्धिक अपांगताको रुपमा प्रकट हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...