News Portal

  • आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत २०७९
    ४८१ पटक
    भक्तपुर, १८ चैत २०७९

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ मूर्ख हो । मान्छेहरूले यो दिन अरुलाई मूर्ख बनाएर आफू आनन्द लिने गर्दछन ।

    झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो । यो अर्कालाई मुर्ख बनाएर रमाइलो गर्ने भएपनि संवेदनशील कुरामा झुटो बोल्दा कतिपय मानिस आहत हुने हुँदा नेपालमा यसलाई खासै रुचाइदैन ।

    पहिला अप्रिल १ बाटै नयाँ वर्ष सुरु हुने तर बहुसंख्यक मानिसहरुले जनवरीलाई वर्षको पहिलो महिना मान्न थालेपछि अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूलाई ब्यङ्ग्य गर्न थालियो । उनीहरुलाई मूर्ख ठान्दै शुरु गरिएको हासो ठट्टा  ‘अप्रिल फुल  डे’ विशेष दिनकै रुपमा मनाउन शुरु गरिएको विश्वास गरिन्छ ।

    जो मानिसहरु १ जनवरीमा नभई १ अप्रिलका दिन नयाँ वर्ष मनाइरहेका हुन्थे, उनीहरुलाई मुर्ख बनाउन थालियो । त्यतिबेला देखि शुरु भएको यो कार्य मूर्ख दिवसकै रुपमा मनाउन शरु गरियो ।

    अखबार, रेडियो र टिभीले समेत हुँदै नभएको समाचार दिएर उल्लु बनाउन थालेपछि यसको व्यापकता बढ्यो । बिबिसिले समेत अप्रिल फुल मनाएको देखिन्छ ।

    यो दिन आइपर्न सक्ने झुटबाट बच्न यकिन नगरी कसैको बिश्वास नगर्नु हुन जानकारी गराइन्छ । साथै, अरुलाई दुख हुने वा मर्माहत गराउने झुट नाबोल्नुहुन भक्तपुर पोस्ट आग्रह गर्दछ ।

    स्केच : हिन्दुस्तान टाइम्स

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...