News Portal

  • विद्यार्थी निकेतनमा स्व. बासुदेवप्रसादको प्रतिमा, प्राडा माथेमाले गरे अनावरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ चैत २०७९
    ९९० पटक
    भक्तपुर, २५ चैत २०७९

    भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले स्व. जोशीको प्रतिमा अनावरण गरेका हुन् ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै शिक्षाविद प्राडा माथेमाले अहिले कसैले पनि सार्वजनिक शिक्षामा अपनत्व नलिएको आरोप लगाए । अपनत्व नलिँदा सामुदायिक विद्यालय र विश्वविद्यालय बिग्रिएको उनले जिकिर गरे । व्यवस्थापन समिति माथि बोर्ड अफ ट्रस्टी रहने व्यवस्था गरी सार्वजनिक शिक्षाको स्तर उकास्नु पर्नेमा उनको जोड रहेको छ । संविधानमा समाजवाद लेख्ने तर व्यवहारमा विद्यालय विभेदिकरण गर्ने कार्य रोक्नुपर्ने उनले आवश्यकता औल्याएका छन् । राज्यले शिक्षालाई कस्तो समाज बनाउने भन्ने स्तरमा योजनाबद्ध बिकास गर्न नसक्दा देश पछि परेको उनले गुनासो गरेका थिए ।

    शिक्षाविद प्राडा माथेमाले भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरेको सुन्दै आएको तर विद्यार्थी निकेतनको अवस्था हेर्दा बिपरित पाएको बताए । भक्तपुरको मुटुमा रहेको विद्यालयको भौतिक दुरावस्था चिन्ताजनक देखिएको बताउदै उनले सबै सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा विद्यालयको विषयलाई लिएर निवर्तमान विब्यस अध्यक्ष ओम चरण अमात्य र वडाध्यक्ष समेत रहेका वर्तमान विब्यस अध्यक्ष योगेन्द्रमान बिजुक्छेंबीच कटाक्ष समेत चलेको थियो । अमात्यले आफूहरुको समितिलाई हतार गरी हटाईएको, नयाँ समितिले विद्यालयमा राजनीति घुसाएको, खर्च अपारदर्शी ढंगले गर्नेगरेको, राम्रोलाई भन्दा हाम्रो लाई हेर्ने गरेको, भौतिक संरचनाको बिकासमा ध्यान नदिएको लगायत आरोप लगाएका छन् । आफ्नो कार्यकालमा आफूले इसीडी संचालन गरेको र देशकै उत्कृष्ट इसीड़ीको रुपमा विद्यार्थी निकेतनले पहिचान बनाउन सफल भएको उल्लेख गर्दै उनले नयाँ समितिले राजनीति बाहेक केही नगरेको बताए ।

    त्यसको खण्डन गर्दै बिजुक्छेंले स्थानीय सरकारलाई दिइएको अधिकार प्रयोग गरी आफूहरु विद्यालय व्यवस्थापन समितिमा आएको, विद्यालयको आर्थिक विषयमा हस्तक्षेप नगरेको, दरवार क्षेत्रमा विद्यालय रहेकोले भौतिक पूर्वाधारको बिकासमा चाहेर पनि काम गर्न नसकिएको जानकारी गराएका थिए । उनले कस्ले कति काम गरेको छ भन्ने कुरा आफैले भन्नू भन्दा अरुले मूल्यांकन गर्ने विषय भएको भन्दै आएको १० महिनामा काम नदेखिने जिकिर गरे ।


    उक्त अवसरमा स्व. जोशीकी जीवन संगिनी, छोराछोरी, विद्यार्थी निकेतनका पूर्व विद्यार्थी रही विभिन्न क्षेत्रमा नाम कमाउन सफल व्यक्तित्वहरु र भक्तपुरका विद्वत वर्गको उपस्थिति रहेको थियो ।

    को हुन् जोशी

    स्व. जोशी बि.सं. २०१७ सालदेखि २०३० साल सम्म विद्यार्थी निकेतनको प्रधानाध्यापक रहेका थिए भने उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रही व्यवस्थापकीय नेतृत्व समेत सम्हालेका थिए । विद्यार्थी निकेतनमा मात्र नभई दरवार स्क्वायरस्थित अर्को विद्यालय श्री पद्म माविमा पनि ५ वर्ष उनी अध्यक्ष रहेका थिए । उनको कार्यकाल विद्यालयको शैक्षिक उन्नयनमा स्वर्ण काल भएको स्मरण गर्ने गरिन्छ ।

    स्व. जोशी विद्यालय शिक्षाको बिकासमा मात्र सीमित थिएनन । उनी भक्तपुर बहुमुखी क्याम्पसका दुई कार्यकाल क्याम्पस प्रमुख रही सेवा गरेका थिए भने तत्कालिन भक्तपुर कलेजमा ७ वर्ष प्रिन्सिपल पदमा रही भक्तपुरमा उच्च शिक्षाको बिकासमा लागे । त्यतिमात्र होइन, उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सहायक डिन, सहप्राध्यापक र उपकुलपति कार्यालयको विशेष अधिकृत रहेर सेवा गरेका थिए । त्यसैगरी त्रिविकै पाठ्यक्रम बिकास केन्द्र, केन्द्रीय परीक्षा समिति, चिकित्सा शिक्षा अध्ययन सस्थांनमा समेत उनले सेवा पुर्याई शिक्षाविदको रुपमा नाम कहलाउन सफल भएका थिए ।

    स्व. जोशी शिक्षाविदका साथै समाजसेवी समेत थिए । उनी भक्तपुर अस्पताल बिकास समितिका पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका पूर्व सभापति र शहिद स्मृती क्यान्सर सेवा केन्द्रका सभापति, द रेयुकाई र सोकोडको सल्लाहकार रही सामाजिक सेवामा सक्रिय रहेका थिए । बिभिन्न सामाजिक संघसस्थामा आवद्ध रही उनले तत्कालिन समयमा समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेका उनलाई जान्नेबुझ्नेहरु बताउँछन् ।

    हाल उनकी छोरी सर्जनी जोशी विद्यार्थी निकेतनको प्रधानाध्यापक रहेकी छन् । उनी पनि पिताकै पदचाप पछ्याइरहेकी छन् । विद्यालयमा स्व. जोशीको प्रतिमाले उतीबेलाको जस्तै शैक्षिक प्रगतीका लागि सबैलाई प्रेरित गर्ने उनले बिश्वास व्यक्त गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...