News Portal

  • बालकोटमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ बैशाख २०८०
    ६१९ पटक
    भक्तपुर, ४ बैशाख २०८०

    भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी माटोको ढिस्को खस्न गई दुर्घटना भएको हो ।

    आइतवार साँझ भएको दुर्घटनामा परी.सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षिय रितेश सदा र ३० वर्षिय सियाराम सदा पुरिएका थिए । करिब १२ फिट मुनी रहेका सियाराम लाई आधा घण्टा खनेपछि जीवितै उद्धार गर्न सफलता मिलेको उद्धारक सस्था आरएनए सोह्रका अरुण सैंजुले जनाएका छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल आवश्य उपचार भैरहेको बताइएको छ ।

    २२ वर्षिय रितेशको भने निधन हुन पुगेको छ । करिब १ घण्टा खनेपछि रितेस मृत अवस्थामा भेटिएका सैंजुले जानकारी गराएका छन् ।

    आरएनए सोह्र, रेडक्रस र स्थानीयको सहयोगमा संयुक्त सुरक्षा फौंज उद्धारमा जुटेको थियो । उद्धारमा जेसीबीको समेत प्रयोग गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...