News Portal

  • स्वास्थ्य पत्रकार मञ्च अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ बैशाख २०८०
    ३२८ पटक
     भक्तपुर, १३ बैशाख २०८०

    स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

    चितवनमा आयोजित एक कार्यक्रममा एसोसिएसनका अध्यक्ष माधव मरासिनीले मञ्चका अध्यक्ष सरोज ढुङ्गेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

    पुरस्कारको राशि १९ हजार पाँच रुपियाँ रहेको छ । पत्रकारहरूलाई सङ्गठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि, पेसागत सुरक्षासँगै प्रभावकारी र जनमैत्री स्वास्थ्य क्षेत्र निर्माणमा योगदान पुर्‍याएको भन्दै एसोसिएसनले उक्त पुरस्कार प्रदान गरेको हो ।

    यस वर्ष यो पुरस्कार पाउने अन्य पत्रकारका संस्थामा श्रमजीवी पत्रकार सङ्घ, राष्ट्रिय दलित पत्रकार सङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार सङ्घलाई रहेका छन् । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...