News Portal

  • भक्तपुर अस्पतालले टोलमै पुगेर घुम्ती सेवा दिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख २०८०
    ५५५ पटक
    भक्तपुर, १४ बैशाख २०८०

    भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो ।

    घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको घुम्ती सेवाले अधिकत्तम जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीले जागिरे मानसिकताले नभई सेवालाई प्रमुख प्राथमिकता दिएर काम गर्नुपर्ने प्रष्ट पारे । पछिल्लो समय भक्तपुर अस्पतालको सेवा सन्तोषजनक देखिएको भन्दै प्रमुख प्रजापतिले नगरपालिकाले अस्पताललाई आवश्यक सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने जानकारी गराएका थिए ।

    भक्तपुर अस्पताल बिकास तथा व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठले अस्पतालको घुम्ती सेवा भक्तपुर नगरपालिकाका सबै वडाहरुमा पुर्याइने र यो भक्तपुर नगरपालिकामा मात्र सीमित नरहने प्रष्ट पारे । अस्पतालले जिल्लाका सबै नगरपालिकामा घुम्ती सेवा पुर्याउने लक्ष लिएको उनको भनाइ छ । बागमती प्रदेश सरकारको विशेष प्राथमिकतामा परेपछि भक्तपुर अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिरहेको बताउदै उनले स्थानीय सरकार र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा अस्पताललाई थप बिकास गरी भक्तपुरका सबै जनताको विश्वासिलो र पहिलो रोजाइको अस्पताल बनाउन आफूहरु लागिरहेको जानकारी गराए ।

    भक्तपुर अस्पतालकी प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले जनाए अनुसार अस्पतालले बिशेषज्ञ चिकित्सक सहितको मेडिकल टोली मार्फत टोलटोलमा पुगी स्वास्थ्य सेवा प्रदान गर्नेछ र यो घुम्ती सेवा नियमित हुनेछ । अस्पतालमा दैनिक ८ सय बढी नयाँ बिरामी उपचारका लागि आउने गरेका बताउदै डा गौतमले उनीहरुले पाउने सेवा प्रभावित नहुने गरी घुम्ती सेवा दिने जानकारी दिएकी छन् । घुम्ती सेवाबाट विशेषगरी महिला, बालबालिका, जेष्ठनागारिक र गरिब तथा असहाय मानिसहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...