News Portal

  • भक्तपुरमा उपेन्द्र यादवको उद्घोष, ‘सुशासन र राजनीतिक स्थिरताका लागि गठबन्धन निरन्तर’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०८०
    २५३ पटक
    भक्तपुर, २३ बैशाख २०८०

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले राजनीतिक स्थिरता र सुशासनका लागि वर्तमान सरकारको बिकल्प नभएको बताएका छन् । सुशासन र राजनीतिक स्थिरताका लागि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर लैजानुपर्ने उनको भनाइ छ ।

    भक्तपुरमा रफत संचार क्लबको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा अध्यक्ष यादवले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने कुरा आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर जानुपर्ने आवश्यकता औंल्याए । यादवले भने, “व्यापारीहरूले घरमा थुपारिराखेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्दछ । साथै राजश्व अभिवृद्धि गर्न भंसार नीतिमा पनि पुनरावलोकन गर्नुपर्छ ।”

    अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउँदै सरकार परिवर्तनको हल्ला व्यर्थ समेत टिप्पणी गरेका थिए । उनले भने, “दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन । अब जनतालाई काम गरेर देखाउने बेला आएको छ, शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य  क्षेत्रमा विशेष ध्यान दिएर सरकारलाई अघि बढ्छ ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...