News Portal

  • किरिया गरिएका व्यक्ति टुप्लुक्क

    इभक्तपुर संवाददाताझापा, ३० बैशाख २०८०
    ३३९ पटक
    झापा, ३० बैशाख २०८०

    निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।

    कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसे ।

    आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुग्नुभएको थियो । सुरजले भन्नुभयो, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो । खुसीले कोही रुने, कोही कराउने गर्न थाले।” गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाई माईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन् ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...