News Portal

  • भक्तपुर नगरले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अघिबढ्ने सुत्र बनाएको छ

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २ जेठ २०८०
    ४६१ पटक
    भक्तपुर, २ जेठ २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने सुत्रको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीसंग उनले सोकुरा बताएका हुन् ।

    मंगलबार भक्तपुर आएको चामुण्डा बिन्द्रासैनीको टोलीसंग भेटवार्ता गर्दै उनले भने, ”आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने सुत्र बनाएका छौं ।” नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको पनि प्रष्ट पारे ।

    उनले देशका विभिन्न स्थानीय तहहरुबीच अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउँदै स्वास्थ्यमा घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, आफ्नै विद्यालय र कलेज , १ सय सैयाको ख्वप नगर अस्पतालको सञ्चालनका साथै निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउने लगानी जनमूखी व्यवस्था नपाले गर्दै आएको जानकारी गराए ।

    भेटमा चामुन्डा बिन्द्रासैनीका नगर प्रमुख गणेशकुमार शाहीले जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने हुँदा भक्तपुर नपाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको सुनाएको थिए ।

    उनीरुबीच दुई एक आपसमा अनुभव आदानप्रदान गर्नुका साथै दुई नगरबीच आवश्यक सहकार्य गर्नसक्ने विषयबारे बातचित गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...