News Portal

  • भक्तपुरले मन्त्री मागेपछि देउवाको यस्तो उद्घोष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०८०
    ७१८ पटक
    भक्तपुर, २७ जेठ २०८०

    पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्लाका योग्य नेतालाई पार्टीले अवसर दिने उद्घोष गरेका छन् । शनिवार नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त उद्घोष गरेका हुन् ।

    सम्मेलनमा स्थानीय नेताहरुले चुनावताकाको प्रतिबद्धता स्मरण गराउदै त्यतिबेला दुर्लभ थापा जिताए मन्त्री बनाइदिने बचन दिएको नभुल्न आग्रह गरेका थिए । प्रत्युत्तरमा गोलमटोल जवाफ दिंदै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताए ।

    उनले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने पनि जिकिर गरे । कांग्रेस र लोकतन्त्रलाई अलग राखेर पूर्णता प्राप्त नहुने उनको जिकिर छ । काँग्रेस ऐतिहासिक पार्टी भएको भन्दै उनले २००७ सालदेखि लोकतन्त्रको लागि लडदै आएको स्मरण गरे । पार्टी संगठनलाई ग्रासरुटमा वडा गाउँ र टोलसम्म पु¥याएर प्रजातन्त्रलाई अझ बलियो बनाउन उनले निर्देशन दिएका छन् ।

    नेपाली कांग्रेस भक्तपुरले देशैभर उत्साह दिन सक्नुपर्नेमा जोड दिंदै सभापति देउवाले जिल्लामा रहेका योग्य नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिवद्धता पनि प्रकट गरेका थिए ।

    उक्त अवसरमा केन्द्रीय सदस्य एवम् फरक गुटका नेता शेखर कोइरालाले आफ्नै सरकारप्रति कटाक्ष गरेका थिए । कांग्रेसमा गुट उपगुट छैन भन्ने स्थिति नभएको भन्दै उनले गुट उपगुट अन्त्यका लागि सभापति देउवाको ध्यानाकर्षण गराए ।

    उनले काँग्रेसले आगामी निर्वाचन एक्लै लड्नुपर्ने समेत माग राखेका थिए । वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने तयारी अहिले देखि गर्नुपर्ने उनको भनाइ रहेको छ ।

    कोइरालाको भनाइ क्रस गर्दै सहमहामन्त्री बद्री भण्डारीले बेमौसमी बाजा नबजाउन कोइराला संग आग्रह गरेका थिए । एक्लै चुनाव लड्नु ठुलो कुरा नभएको भन्दै उनले चुनाव जित्नका लागि लड्नुपर्नेमा जोड दिए ।

    सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्यहरु मदनकृष्ण श्रेष्ठ, रमा पौडेल कोइराला, गंगा अवाल र डा. चन्द्रमोहन यादव, बागमती प्रदेश सभापति ईन्द्र बानियाँ,नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा समिति भक्तपुर १ (क)का सभापति जयन्द्र खड्का, सूर्यविनायक नगर सभापति निसान ढुंगेल लगायतले स्थानीय, प्रदेश र संघिय संरचनाको बारेमा टिप्पणी गर्नुका साथै पार्टीको आन्तरिक बिबाद एवं गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

    जिल्ला सभापति दुर्लभ थापाको सभापतित्व रहेको सम्मेलनमा थापाले पार्टी रुपान्तरणको नाममा पार्टी सभापतिलाई कमजोर पार्ने कार्य भइरहेको बताउँदैं यसले अन्ततः कांग्रेसलाई कमजोर पार्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औल्याए । उनले भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसले एक पटक चुनाव जित्ने र अर्को पटक हार्ने ईतिहास रहेको स्मरण गराउँदैं आगामी २०८४ को निर्वाचनमा पुनः कांग्रेसले जितेर ईतिहास तोड्ने उद्घोष समेत गरे।

    सो अवसरमा भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट प्रदेश अस्पताल बनाउन योगदान दिने अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थ र सम्मेलनको र निर्वाचनको प्रचार सामग्री तयारीमा सहयोग गर्ने साईनो आर्टका संचालक बलराम प्रजापतिलाई सम्मान गरिएको थियो । साथै, नेपाल साँस्कृतिक संघका कलाकार एवम् थिमिको बासुरी खलःले कुमारी नृत्य, लाखे नाच, झ्याउरे्े नाच र बाँसुरीको मिठो धुनसहितले स्वागत गरेका थिए । यसैगरी कलाकार एवम् जादुगर शेरबहादुर तामाङले जादुको माध्यमबाट सहभागीलाई मनोरञ्जन गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले...

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे...

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...