News Portal

  • चाँगुनारायणमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०८०
    २३५ पटक
    janak khatriभक्तपुर, ३० जेठ २०८०

    चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूलाई १ दिने विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न गरिएको हो ।

    चाँगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रोज बहादुर तामाङ, वडा नं ५ का का.बा वडा अध्यक्ष प्रभुराम थापा, वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामा र वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीको सभापतित्वमा क्रमशः वडा नं ४,५,६ र ८ मा सम्पन्न अभिमुखीकरण कार्यक्रम भएको थियो ।

    अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले वडा तथा नगरपालिकाले विपद् व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले मनसुनको समयमा आवश्यक राहत सामग्रीहरू तयारी अवस्थामा राख्नको लागि वडा तथा नगरपालिकालाई ध्यानाकर्षण गराए । साथै आगामी दिनमा विपद् तथा मनसुन पूर्व तयारीका गतिविधिहरू समुदाय, वडा र विद्यालय स्तरमै सञ्चालन गर्न पनि उनीहरुले सुझाव दिए ।

    त्यसै गरी एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति अनुरूप ९ वटै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समिति पूर्नगठन, खोज तथा उद्धार सामग्री भण्डारण, गैह्र खाद्य राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली गठन गर्न गइरहेको कुरा चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीले जानकारी दिएका छन् ।

    मनसुनको समय आउन लागेकोले सम्भावित बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरूको पहिचान गरी पूर्व तयारीका गतिविधिहरू सञ्चालनका साथै प्रतिकार्यका लागि तयारी रहन आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम तथा गतिविधिहरू समावेश गर्नको लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले वडा स्तरीय अभिमुखीकरणको आयोजना गरेको कुरा चाँगुनारायण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले बताउनुभयो । उनले यस अघि वडा नं १ र २ मा अभिमुखीकरण सम्पन्न भइसकेको र वडा नं ३, ७ र ९ मा यसै हप्ता सम्पन्न गरिने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...