News Portal

  • मधेशको सवालमा गम्भीर छु : बिजुक्छें

    निशा कुस्मा भक्तपुर, ४ असार २०८०
    ५४२ पटक
    rohit-ahirajभक्तपुर, ४ असार २०८०

    निशा कुस्मा, भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् ।

    भक्तपुरको कमलविनायकस्थित बिजुक्छें निवास आएका मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजसँगको भेटघाटमा सोमबार उनले सो कुरा बताएका हुन् ।

    नागरिकता विधेयकको धुरन्धर बिरोधमा उत्रिएको नेमकिपाका अध्यक्ष बिजुक्छेंले मधेशको पिडा आफूले राम्ररी बुझेको र विधेयकले रैथाने मधेशीलाई न्याय दिन नसक्ने दावी गरे । ”म मधेशको सवालमा गम्भीर छु । मैले मधेशको पिडा राम्ररी बुझेको छु ।” उनले भने ।

    मदेशबादी भनिने दलहरु रैथाने मधेशीको मुक्ति, सीमा क्षेत्रमा रहेका मधेशीका समस्या समाधान र मधेशका किसानको हितको पक्षम नरहेका समेत उनले दावी गरेका छन् । मधेशी जनताको हित गर्ने भ्रम देखाएर मधेशबादी भनिने दलहरुले राजनीतिको रोटी सेकिरहेका उनले आरोप लगाए । ‘मधेशका दलहरुले मधेशी जनताको भावाना अनुरुप काम नगरेका कुरा मलाई राम्ररी थाहा छ ।’ उनले भने ।

    नेपाली नागरिकता लिन सफल भएका नवनागरिकहरुको हेपाइमा मधेशका रैथानेहरु बस्नुपरेको र नवनागरिकहरुले आर्थिक, सामाजिक तथा राजनीतिक शोषण गरिरहेको बिजुक्छेंको बुझाइ रहेको छ ।

    भेटको क्रममा निवर्तमान प्रदेश प्रमुख डा.अहिराजले मधेशको संस्कृति वा पहिचान झल्किने गरि कुनै बाटोको नामाकरण गर्न अध्यक्ष रोहितसँग आग्रह गरेका थिए । उनले मधेशको स्थलगत भ्रमणका लागि आग्रह गर्दै मधेशीको हितका लागि आवाज उठाइदिन समेत आग्रह गरे । मधेशवादमा विद्यावारिधि गरेका डा अहिराजले बिजुक्छें जस्ता अग्रज नेताले मधेशका सवालमा अभिव्यक्ति दिदा मधेशी जनताको चित्त दुखाउन नहुने सुझाव समेत दिएका थिए ।

    उक्त अवसरमा मिथिला र नेवा सभ्यता, संस्कृति र इतिहासबारे चिन्तन मनन गरिएको बताइएको छ । उनीहरुले मिथिला र नेवा संस्कृति–सभ्यताको संरक्षण तथा संवर्द्धन बारे बिचार बिमर्स गरेका थिए ।

    नेवा र मिथिलाबीच मिल्दाजुल्दा संस्कृति तथा संस्कारबारे अनुसन्धान, अन्वेषण गरी नयाँ पुस्ताका लागि उक्त सम्बन्धलाई पुनर्जागरण गराउने कुरामा दुवै जनाको जोड रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...