News Portal

  • ख्वप: अस्पतालमा पनि सिटी स्क्यान

    निशा कुस्मा भक्तपुर, ६ असार २०८०
    १४१८ पटक
    भक्तपुर, ६ असार २०८०

    बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा विस्तारका लागि प्रदेश सरकारको बजेट प्राप्त भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको जोडबलमा अर्थ बिबिध शीर्षकबाट भक्तपुर अस्पतालले बजेट प्राप्त गर्न सफल भएको हो ।

    बजेट बक्तब्यमै भक्तपुर अस्पतालको सिटी स्क्यानका लागि छ करोड रकम व्यवस्था भएपछि भक्तपुरवासी खुशी छन् । उनीहरुको खुशी वृद्धि गर्नेगरी भक्तपुरको अर्को अस्पतालले पनि सो सेवा बिस्तार गर्न बजेट प्राप्त गर्ने भएको छ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप: अस्पतालले पनि सिटी स्क्यानका लागि बजेट प्राप्त गर्ने भएको हो ।

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप: अस्पतालले पनि सिटी स्क्यानका लागि बजेट प्राप्त गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सार्वजनिक गरेका छन् ।

    बुधवार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालको सिटी स्क्यानका लागि बजेट व्यवस्था गर्ने बताएका हुन् ।

    ख्वप अस्पताललाई भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्तिले सुविधा सम्पन्न बनाउने नगरपालिकाले नीति लिएको छ ।

    हेर्नुस् नीति तथा कार्यक्रममा स्वास्थ्य
    ख) स्वास्थ्य ः
    १५) ख्वप अस्पतालमा भौतिक सुधारका साथै आवश्यकताअनुसार स्वास्थ्य उपकरणहरू र जनशक्तिको व्यवस्था गरी आधुनिक प्रविधिसहितको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिनेछ । उक्त अस्पतालमा सिटी स्क्यानको व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

    १६) नगरका विभिन्न स्थानमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जन स्वास्थ्य केन्द्रबाटसमेत विशेषज्ञ चिकित्सकहरूबाट उपचार प्रदान गरिने छ । नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगतको व्यवस्था र गम्भीर रोग लागेका बिरामीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।

    १७) घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिइने छ र कार्यरत नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको व्यक्तिगत स्वास्थ्य विवरण
    तयार गरी थप प्रभावकारी बनाउँदै लगिनेछ ।

    १८) नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणको लागि समय—समयमा वडा वडामा विशेषज्ञहरूसहितको स्वास्थ्य टोलीहरूमार्फत स्वास्थ्य शिविरहरू सञ्चालन गरी थप प्रभावकारी बनाउँदै लगिनेछ । विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।

    १९) आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा वडामा विस्तार गरिनेछ । भनपा १० बेखालमा निर्माणाधिन स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइने छ र भनपा वडा नं ७ ख“चामा स्वास्थ्य केन्द्र निर्माण कार्य अगाडि बढाइने छ ।

    २०) स्वास्थ्य बीमामा सबै नागरिकलाई आबद्ध गराउन नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ ।

    २१) भक्तपुर च्याम्हासिंहमा सञ्चालित ख्वप तीलगंगा आँखा अस्पतालबाट हुने सेवालाई समन्वयात्मक ढङ्गले विस्तार गर्दै लगिनेछ र स्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाइनेछ ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...