News Portal

  • नेशनल प्याव्सन भक्तपुरद्वारा एकिकृत पाठ्यक्रमको अभिमुखीकरण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० असार २०८०
    २७३ पटक
    भक्तपुर, १० असार २०८०

    नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम (कक्षा १-३) का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १ सय ५१ जना शिक्षकहरुलाई अभिमुखिकरण गरिएको अध्यक्ष संजय खड्काले जनाएका छन् । सूर्यविनायक पार्टी भेन्यूमा शनिबार कार्यक्रम सम्पन्न भएको हो कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका पूर्व अधिकृत खिल नारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा एकिकृत पाठ्यक्रम सम्बन्धि शि़क्षकहरुले नबुझेका विषयहरुमा छलफल गर्नुका साथै मूल्याकंन सम्बन्धि सहजीकरण गरिएको थियो ।
    नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबै भन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेको बताए । परिमार्जित एकिकृत पाठ्यक्रम कक्षा १-३ को बारेमा विषय शिक्षकहरुमा पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्यघण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन आदि सम्बन्धि बुझ्न पनि आजको प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...