News Portal

  • सूर्यविनायकको शिक्षामा नयाँ शुरुवात, नमूना विद्यालय बनाउन १ करोड (हेर्नुस् बजेटको पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १० असार २०८०
    ५६४ पटक
    suryabinayak nagar sabhaसूर्यविनायक, १० असार २०८०

    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो ।

    बजेटले शिक्षामा नयाँ शुरुवात गरेको छ । नगरपालिकामा संचालित सामुदायिक विद्यालयहरु मध्ये कम्तिमा २ वटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

    आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेश गर्दै नगर उप प्रमुख सरिता तिम्सिना भट्टराईले कम्तिमा २ वटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न रु.१ करोड बजेट बिनियोजन गरिएको जानकारी गराइन । यसका लागि आवश्यक कार्यविधि निर्माण गरी बजेट उपयोग गरिने बताइएको छ ।

    नगरपालिकाले आगामी आ.व.भित्र नगर क्षेत्रमा शैक्षिक संग्राहलय स्थापनाका लागि समेत बजेट विनियोजन गरेको छ । त्यसैगरी अनुशासित नागरिक निर्माण गर्नका लागि स्काउटिङ्ग शिक्षा, राष्ट्रिय सेवा दल लगायतका विषयमा बजेट विनियोजन गरेको उप प्रमुख भट्टराईले भनेकी छन् ।

    ठूला खेलकूद पूर्वाधार निर्माण गर्न नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित नंखेलमा रंगशाला र वडा नं ७ गुन्डुमा नगर स्तरीय खेल मैदान निर्माणको लागि रु.४ करोड बजेट विनियोजन गरिएको छ ।

    शिक्षा तथा खेलकूद क्षेत्रको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु.७ करोड ११ लाख र संघ सशर्त तर्फ रु. २२ करोड ८१ लाख, प्रदेश सर्शत रु. ५ लाख ६८ हजार गरी कूल रु. २९ करोड ९७ लाख ६८ हजार विनियोजन गरेको छ ।

    बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...