News Portal

  • सूर्यविनायकले नीति नै बनाएर स्थानीय मिडियाको संरक्षण र प्रवर्द्धन गर्ने

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १३ असार २०८०
    ३७६ पटक
    basudev thapa suryabinayakसूर्यविनायक, १३ असार २०८०

    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनको गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको हो ।

    बुधवार पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले स्थानीय मिडिया क्षेत्रलाई प्रवर्द्धन गर्न रु २५ लाख रुपैंया बजेट विनियोजन गरेको बताए । उनले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारकर्मीहरुको सुझावमा आगामी वर्ष मिडिया परिचालन नीति निर्माण र लागू गर्ने जानकारी गराए ।

    उक्त अवसरमा नगर प्रमुख थापाले पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको भवन निर्माणका लागि समेत आवश्यक बजेट दिने प्रतिवद्धता प्रकट गरे । “बजेटमा विनियोजन गरेको छैन भनेर हुँदैन कार्यपालिका बैठकबाट निर्णय गरेर भवन निर्माणमा सहयोग गर्छौं,” उनले प्रष्ट पारे ।

    यसैगरी सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १० करोड ५० लाखको बजेट विनियोजन गरेको नगर प्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले बताए । जसमध्ये १ अर्ब ११ करोड ९२ लाख ३३ हजार पुँजीगततर्फ र ९८ करोड ५७ लाख ६७ हजार चालुखर्च रहेको छ ।

    खर्च व्यहोर्ने स्रोत मध्ये राजश्व परिचालनबाट २८ करोड ९८ लाख, घरजग्गा रजिष्ट्रेसनबाट ३८ करोड, चालु आर्थिक वर्षको वचतबाट ४० करोड, नगद लागत सहभागिताबाट ३ करोड ७१ लाख ३८ हजार, संघ र प्रदेशबाट प्राप्त वित्तिय समानीकरण अनुदान २१ करोड ६६ लाख ७६ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान ५० लाख, संघ तथा प्रदेशको राजश्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार समपुरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ३ करोड, सामाजिक समपुरक कार्यक्रमबाट १७ करोड ३२ लाख २० हजार, सडकबोर्डबाट ६३ लाख प्राप्त हुने सापकोटाले जानकारी दिए ।

    सूर्यविनायकले शिक्षा तथा खेलकुदमा २५ करोड ९७ लाख ६८ हजार, स्वास्थ्यमा ८ करोड ३२ लाख ३० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ९० लाख ५० हजार, युवा खेलकुद ४ करोड २१ लाख, कृषि २ करोड ३७ लाख ७५ हजार, महिला, बालबालिका, विपन्न्, अपांगता र ज्येष्ठ नागरिक एक करोड २१ लाख १६ हजार, नगर अस्पताल सञ्चालन र व्यवस्थापन ९ करोड ५४ लाख, सबै प्रकारका पूर्वाधारमा ६३ करोड विनियोजन गरेको छ ।

    बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...