News Portal

  • माधव नेपाललाई साक्षी राखेर भक्तपुरमा प्रचण्डले भने, ‘हामी नेकपातिरै फर्कन्छौं’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असार २०८०
    ५३० पटक
    भक्तपुर, १७ असार २०८०

    प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पुन: नेकपातिरै फर्कने योजनामा रहेको खुलासा गरेका छन् । कम्युनिष्ट एकताका लागि कम्युनिष्ट पार्टीहरुको एकीकरणमा जोड दिदै  नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई साक्षी राखेरउनले भक्तपुरका कम्युनिष्ट नेताकार्यकर्ता सामू सो खुलासा गरेका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३४ औं स्मृती दिवसका अवसरमा स्मृति प्रतिष्ठान भवन उद्घाटन एवं प्रतिमा अनावरणपछि आयोजित सभालाई आइतवार भक्तपुरको नयाँ थिमीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुले भर्खरै ‘समाजवादी मोर्चा’ बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको समेत प्रष्ट पार्दै भने, ”हामी नेकपातिरै फर्कन्छौं ।”

    कम्युनिष्ट एकताबाट देशमा समाजवादको नयाँ यात्रा शुरु गर्दा त्यसलाई बचाउन नसकिएको प्रति दुख व्यक्त गर्दै उनले एउटा असफलताबाट पराजित बन्नु नहुने बताए । एकता, संघर्ष र रुपान्तरणबाट अघि बढेको विश्व कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिदै नेपालका कम्युनिष्ट पार्टीले एकता गर्नुपर्ने उनको भनाइ छ । ”हाम्रो एकता किन टिकेन भन्नेबारे मन्थन गर्ने, बिचार राजनीति आचरण र व्यवहारमा कहाँ गल्ती भयो भनी मनन गर्ने तथा फेरि नयाँ एकताबाट अघि बढ्ने जमर्को गर्नैपर्छ ।” प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भने ।

    नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नेताको स्मृती सभामा आमन्त्रण गरिएपनि नेकपा(एमाले) का नेता केपी ओली भने अनुपस्थित रहे । उनको अनुपस्थितिमा खल्लो महसुस गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ”आमन्त्रित सबै नेताहरु आइदिनुभएको भए राम्रो हुन्थ्यो, सस्थापक नेताको स्मृतीमा आफ्नो विगतको समीक्षा, वर्तमानको प्रतिवद्धता र भविष्यको योजना गर्नु उहाँ प्रति सच्चा श्रद्धान्जली हुन्छ ।”

    उक्त समारोहमा देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उनले संकल्प समेत गरेका छन् ।

    समारोहमा प्रधानमन्त्री प्रचण्डले आफैले शिल्यान्यास गरेको नेकपाका संस्थापक नेता नारायणविलास जोशीको स्मृती भवनको साढे ३ वर्षमा आफैले उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउदै नारायणविलास स्मृती प्रतिष्ठानले जेष्ठ नागरिक कक्ष र औषधि उपचारका लागि राखेको प्रस्ताव पूरा गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि प्रकट गरेका थिए ।

    नारायणविलास स्मृती प्रतिष्ठानका अध्यक्ष एवं बागमती प्रदेश सरकारका मन्त्री तथा मध्यपुर थिमीका तर्फबाट प्रदेश सांसद डा राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा(एमाले) का नेता अमृत बोहराले नेपालमा जनताहरुले कम्युनिष्ट पार्टीहरुलाई रुचाएपनि कम्युनिष्ट पार्टीहरुको नेतृत्वले जनभावनाको कदर गरी एकतावद्ध भएर अघि बढ्न नसकेको बताए । उनीहरुले प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट पार्टीप्रतिको जनअपेक्षा र जनताले दिएको जिम्मेवारी बहन गर्ने प्रयास गरिरहेको भन्दै प्रशंसा समेत गरेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानका बिभिन्न जिम्मेवारी पूरा गर्ने र सहयोग गर्नेहरुलाई  सम्मानित समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...