News Portal

  • इन्स्पेक्टरबाटै असुरक्षा भएपछि महिला प्रहरी सामाजिक संजालको शरणमा

    भक्तपुर, १८ असार २०८०
    ४४१ पटक
    भक्तपुर, १८ असार २०८०

    जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेका भेटिएको छ ।

    पीडित महिला प्रहरीले तिमिल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेकी छन् । यस क्रममा उनले सुरक्षाको सेवक भएर पनि असुरक्षा भएको बताएकी छन् ।

    ‘सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्,’ पीडित महिला प्रहरीले लेखेकी छन् ।

    तिमिल्सिनाले आफू पीडित भनिएकी महिला प्रहरीको शरीरको फ्यान भएको भन्दै फोटो पठाउन आग्रह गरेको देखिन्छ । उनले महिला प्रहरीलाई डियर भन्दै सम्बोधन पनि गरेका म्यासेजको स्क्रिनसटमा छ ।

    ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...