News Portal

  • मध्यपुर थिमिको ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट सर्वसम्मत पारित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असार २०८०
    २४२ पटक
    भक्तपुर, २१ असार २०८०

    आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि मध्यपुर थिमी नगरपालिकाले ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गरेको बजेट बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले सर्वसम्मत पारित गरेको हो ।

    ‘गुणस्तरिय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार भन्ने दृष्टिकोण’ सहित बजेटले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, जग्गा विकास आयोजना लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उपप्रमुख श्रेष्ठले बताएका छन् ।
    आ. व. २०८०/०८१ मा बेरुजु फछर्यौट विशेष अभियान सञ्चालन गर्नुका साथै तोकिए बमोजिमको बेरुजु फछर्यौट गर्ने पदाधिकारीहरुलाई प्रोत्साहन दिने व्यवस्था मिलाइएको पनि उनले प्रष्ट पारे ।

    बजेटमा सडक कालोपत्रे गर्न, ढलान गर्न र ब्लक छाप्न साथै ढल निकासको लागि ५० प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाईएको छ । बिग्रेका भत्केका पूर्वाधार तत्काल निर्माण तथा मर्मत गर्न एक द्रुत कार्य टोली परिचालन गरी तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाईएको छ ।

    यसैगरी स्वास्थ्य कार्यक्रमका लागि ६ करोड ४४ लाख, उज्यालो नगर अभियान अन्तर्गत वडाहरु उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग साझेदारी कार्य गर्न ३ करोड ५० लाख विनियोजन गरिएको छ ।

    शिक्षा तथा खेलकुद कार्यक्रमको लागि ७ करोड ७ लाख ४१ हजार, सूचना प्रविधि कार्यक्रमको लागि एक करोड ४० लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताए ।

    नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा असार १९ गतेसम्म ७३.९८% प्रगती भएको प्रष्ट पार्दै थप काम सम्पन्न भै भुक्तानीको क्रममा रहेकाले असार २५ गतेसम्म बजेट कार्यान्वयन ९० प्रतिशत भन्दा बढी हुने अपेक्षा गरिएको जानकारी गराए । उनले आगामी बजेटलाई थप प्रभावकारी बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...