News Portal

  • आयुर्वेदप्रति भक्तपुरका बिरामीहरुको विश्वास बढ्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार २०८०
    २७६ पटक
    भक्तपुर, २४ असार २०८०

    आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा नरेन्द्र प्रसाद गिरीले आइतवार स्थानीय पत्रकार समक्ष प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लास्थित आयुर्वेदिक स्वास्थ्य केन्द्र र औषधालयहरुबाट कुल १४ हजार १ सय ४० जनाले ओपिडि सेवा लिएका थिए । सो संख्या आर्थिक वर्ष २०७८/०७९ मा बढेर १९ हजार ८ सय ८० पुगेको डा गिरीले जानकारी गराए ।

    गत् वर्ष भन्दा पाँच हजार बढी बिरामी आयुर्वेद चिकित्सा ओप्रति आकर्षित हुनु उपलब्धिको रुपमा अर्थ्याइएको छ । ‘बिगतको भन्दा आयुर्वेद चिकित्साप्रतिको जनताको विश्वास बढ्दै गइरहेको छ ।’ डा गिरीले भने । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले आफना सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको उनले प्रष्ट पारे । ‘ओपिडिको टिकट समेत निशुल्क छ।’ उनले भने ।

    केन्द्रले नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकहरुद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म/पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै आएको डा. गिरीले जानकारी दिए ।

    त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी वैद्य शान्ता केसीले भक्तपुरमा दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइन । उनका अनुसार चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ । त्यस्तै मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको उनले बताएकी छन् ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन कर्मचारी नारायण खनालले गरेका थिए भने कविराज श्यामकुमार रायमाझीले स्वागत मन्तब्य राखेका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, राससकर्मी रमेश गिरी, नागरिक दैनिकका कृष्ण किसी र रेडियो जनसंचारका सुरेश सायजूले आयुर्वेद चिकित्सा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरबारे जिज्ञासा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...