News Portal

  • प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवमा श्रावणी मेलाको तयारी पूरा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३१ असार २०८०
    ४०९ पटक
    भक्तपुर, ३१ असार २०८०

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । श्रावण १ गतेदेखि मन्दिरमा श्रावणी मेला लाग्ने भएको हो ।

    हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ ६ गतेसम्म श्रावणी मेला लाग्ने केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।

    मेला श्रावण १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी शुरु हुने बताइएको छ । २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन हुने भने ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन हुने बताइएको छ ।

    मेलामा १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन हुनेछ । यसैगरी साउन २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन वाचन हुनुका साथै साउन २८ गतेदेखी भादै ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक् प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । भाद्र ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने पत्रकार सम्मेलनमा जानकारी प्राप्त भएको छ ।

    डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ ।

    मेला अवधीभर दुई लाख भन्दा बढी भक्तजन डोलेश्वरको दर्शनार्थ आउने अनुमान गरिएको सूर्यविनायक वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताए । उनले दर्शनार्थीको सेवामा ध्यान दिनुपर्नेमा जोड दिंदै दर्शनार्थीलाई दुख हुने वा गुनासो गर्नुपर्ने अवस्था आउँ नदिन सबै जनाले सख्दो ध्यान दिनुपर्ने बताए । स्थानीय सरकार धार्मिक पर्यटन प्रवर्द्धनको पक्षमा रहेको बताउदै उनले धार्मिक पर्यटनलाई स्थानीय पहिचान र आय आर्जन संग जोड्नुपर्ने आवश्यता समेत औल्याए ।

    केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक क्षेत्र हो । यहाँ हजारौंको संख्यामा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...