प्रतिनिधिसभा बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित भएको छ । आइतवार मिटर ब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक सर्वसम्मतले पारित भएको हो ।
यस अघि बिधेयक पारित गर्नुपर्ने दिन प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको भन्दै उनीहरुको ब्यापक आलोचना भएको थियो ।
बिधेयक पारित गर्न भुमिका खेल्ने प्रतिनिधिसभाका सबै सदस्यहरु र संसदलाई सरकारका तर्फबाट उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
यो ऐन निर्माणले मिटर ब्याज पिडितलाई न्याय दिलाउने अभियान लाई सफल पार्न बलियो आधार प्रदान गर्ने उनले प्रस्ट पारे । यद्यपी, यस सन्दर्भमा अझै सचेततापुर्बक मेहनत गर्नुपर्ने उनले आवश्यकता औल्याएका छन् ।