News Portal

  • ग्रेस एफएम १५ वर्षमा प्रवेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ साउन २०८०
    ४६४ पटक
    भक्तपुर, ८ साउन २०८०

    भक्तपुरस्थित ग्रेस एफएम १५ वर्षमा प्रवेश गरेको छ । १५ वर्ष प्रवेशको अवसरमा एफएमले रेडियो पत्रकारिता, मञ्च उद्घोषण र कार्यक्रम उत्पादन सम्बन्धी दुई महिने प्रशिक्षणको प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् आशाको सन्देश नेपालका कार्यकारी निर्देशक शान्ति पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेकी हुन् ।

    कार्यक्रममा आशाको सन्देश नेपालकी वर्षा पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने स्टेसन म्यानेजर केशव लुइटेल र कार्यक्रम निर्देशक रामगोपाल आशुतोषले १५ औँ वर्षसम्म रेडियोलाई ल्याइपुर्‍याउन गरेको संघर्षको स्मरण गरेका थिए ।

    ग्रेस एफएमका कार्यक्रम प्रस्तोताद्वय कञ्चन जिआएर र मनिषा खड्काले सञ्चालन गरेको वार्षिकोत्सव कार्यक्रममा एफएमलाई श्रोता र दर्शकबाट अझ बढी साथ, सहयोग र माया प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...