News Portal

  • सदर चिडियाखानालाई भक्तपुर नसार्न मेयर महर्जनको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ साउन २०८०
    १११३ पटक
    भक्तपुर, १४ साउन २०८०

    ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपुर नसार्न माग गरिएको छ । ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनले उक्त माग गरेका हुन् ।

    बाघ संरक्षण दिवसको अवसरमा जावलाखेलस्थित सदर चिडियाखानामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले भक्तपुरको सूर्यविनायकमा सार्ने भनिएको सदर चिडियाखानालाई नसार्न वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतो समक्ष आग्रह गरेका छन् । मेयर महर्जनले महानगर आवश्यक सहयोगका लागि तयार रहेको भन्दै आफ्नो ठाउँबाट चिडियाखाना नसार्न आग्रह गरेका हुन् ।

    शहरको बीचमा रहेको चिडियाखाना साँघुरो भएको र जनावरहरुलाई उचित वातावरण नभएको भन्दै सरकारले भक्तपुरको सूर्यविनायकस्थित जंगलमा कार्यालय खडा गरी संरचना नैं बनाएर चिडियाखाना सार्ने तयारी गरिरहेको अवस्थामा महानगरका मेयर महर्जनले चिडियाखाना नसार्न सार्वजनिकरुपमै आग्रह गरे ।

    महानगरले चिडियाखानालाई सहयोग गर्दै आएको छ । कोरोना महामारीको कारण आम्दानी नहुँदा जनावरहरुलाई आहारा खुवाउन समस्या भएपछि महानगरले बजेटको व्यवस्था गरिदिएको थियो । अहिले पनि महानगरले बाघको आहारको जिम्मा लिएको बताइएको छ । कार्यक्रममा प्रमुख महर्जनलाई वन्यजन्तु संरक्षणमा सहयोग गरेवापत सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...