आफूहरु सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पेलानमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले संसदमा आफूहरुको आवाज सुनुवाई नभएको गुनासो गर्दै सरकार र एमालेको पेलानमा परेको बताएका हुन् ।
प्रमुख प्रतिपक्ष दल एमाले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडानमा रहेको र सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको कारण संसद चलन सक्ने अवस्था नरहेको उनले बताए । ”सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ’ प्रमुख सचेतक परियारले प्रष्ट पारे ।