News Portal

  • पुँजीगत बजेट खर्चमा चाँगुनारायण उपत्यकाकै सर्वोत्कृष्ट, महानगर सबैभन्दा कमजोर

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १८ साउन २०८०
    ८०९ पटक
    भक्तपुर, १८ साउन २०८०

    विकास बजेट पनि भनिने पुँजीगत बजेट परिचालनमा भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । उपत्यकामा रहेका २१ स्थानीय तहको पुँजीगत खर्च विवरण हेर्दा चाँगुनारायण नगरपालिका सर्वोत्कृष्ट देखिएको हो ।

    गत आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिकाले आफ्नो कूल पुँजीगत बजेटको ८१.६७ प्रतिसत खर्च गर्न सफल भएपछि पुँजीगत खर्चमा उपत्यकाको सबै स्थानीय तहलाई पछि पार्न सफल भएको देखिन्छ । पुँजीगत तर्फ १ अर्व ८ करोड ५६ लाख बजेट बिनियोजन भएकोमा नगरपालिकाले ८८ लाख ६६ हजार खर्च गर्न सफल भएको हो ।

    चाँगुनारायण नगरपालिकाका प्रवक्ता जनक खत्रीले जनाए अनुसार जनप्रतिनिधिबीच बिकासको कुरामा कुनै बिबाद नहुनु, प्राविधिकहरुले समयमै योजना शुरु गर्नु र निर्माण कम्पनी/ उपभोक्ता समितिले पनि समयमै काम सम्पन्न गर्नु जस्ता कारण पुँजीगत खर्च गर्न नगरपालिका सफल भएको हो । चालु वर्षमा यसलाई अझै बढाएर लैजानेगरी काम गर्ने उनले बताए ।

    पुँजीगत खर्चमा सबैभन्दा कमजोर भने काठमाडौ महानगर रहेको छ । महानगर आफ्नो पुँजीगत बजेटको २५ प्रतिसत मात्र खर्च गरेर सबैभन्दा पछाडी परेको छ ।

    भक्तपुरका अन्य स्थानीय तह भने पुँजीगत खर्चमा सन्तोषजनक स्थितिमा रहेका छन् । सूर्यविनायक नगरपालिकाले ६३ प्रतिसत खर्च गरेको देखिन्छ भने भक्तपुर र मध्यपुर थिमीले ५४ प्रतिसतको हाराहारीमा खर्च गरेका छन् ।

    अर्थराजनीतिका विश्लेषक डिपी ढकालले पुँजीगत खर्च अझै बढाउनुपर्ने आवश्यकता औल्याएका छन् । पुँजीगत खर्च स्थानीयको बिकासआवश्यकता र सेवासुविधासंग जोडिएकाले बढी भन्दा बढी खर्च गर्नपर्नेमा उनले जोड दिएका छन् । पुँजीगत खर्च गर्न नसक्ने नेतृत्वलाई सफल मान्न नसकिने भन्दै उनले स्थानीय सरकारले खर्च हुन नसक्नुका कारण पत्ता लगाई त्यसमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...