News Portal

  • राष्ट्रका लागि दुई घण्टा अभियान अन्तर्गत दुवाकोटमा सरसफाइ एवं सचेतना कार्यक्रम

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ साउन २०८०
    ६९७ पटक
    भक्तपुर, १९ साउन २०८०

    ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ अन्तर्गत अभियन्ताहरुले चाँगुनारायण-२ को दुवाकोटमा सरसफाइ एवं सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । शुक्रवार बिहान दुई घण्टा अभियन्ताहरु सरसफाइ र सचेतना कार्यक्रममा सरिक भएका हुन् ।

    चाँगुनारायण-२ दुवाकोट मोडबाट शुरु भएको कार्यक्रम नमूना बस्तीमा पुगी बिसर्जन गरिएको थियो । चाँगुनारायण नगरपालिकाको वातावरण संरक्षण बिभाग संयोजक समेत रहेका वडाध्यक्ष सोमप्रसाद प्रधानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको संचालन अभियानका महासचिव नवराज काफ्लेले गरेका थिए ।

    उक्त अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेड्क्रस सोसाइटी, नेप्सेम्याक, प्रज्ञा आदर्श समाज, साहसी महिला समूह, मित्रश्री पाठशाला र सुनगाभा सेकेण्डरी स्कूलको संस्थागत सहभागिता रहेको थियो ।

    अभियानमा सहभागीहरुले सडकको फोहोर मात्र टिपेनन, फोहोर जथाभावी नफाल्न समेत प्रेरित गरे । उनीहरूले सफा बाताबरणका लागि अपनाउनु पर्ने बिधिबारे बताउदै डेङ्गी जस्ता रोगबाट बच्न सुझाव दिएका थिए ।  अभियानकर्मीसंग स्थानीय स्वत: स्फूर्त जोडिएका देखिन्थे भने सहभागी विद्यार्थीले स्थानीयलाई फोहोर नगर्न र फोहोर ब्यवस्थापन गर्न सिकाएको दृश्य लोभलाग्दो देखिन्थ्यो ।

    मित्रश्री पाठशालाका प्रधानाध्यापक दिपक बिष्टले कार्यक्रमले विद्यार्थीलाई समाजप्रती जवाफदेही बनाउने बिश्वास ब्यक्त गर्दै यस्ता अभियानमा विद्यार्थीहरुको सहभागीता बढाउदै लाने बताए । विद्यालयले अतिरिक्त क्रियाकलाप र शिक्षण सिकाइ अन्तर्गत नै सामेल गरेर सामाजिक गतिविधिमा विद्यार्थीलाई सामेल गराउने नीति रहेको उनको भनाइ छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका वडाध्यक्ष सोमप्रसाद प्रधानले सरसफाइले नै सभ्यताबारे  बताउने भएकाले घर, टोल र नगर सफा राख्न अपिल गरे । इज्जत बढाउने र रोगबाट पनि बचाउने अभियानमा सबैको सहयोग मिल्ने बिश्वास ब्यक्त गर्दै उनले सीसीटिभीबाट वडाले निगरानी गरिरहेको जानकारी दिदै जथाभावी फोहोर फ्याक्नेलाई कार्वाही गरिने चेतावनी दिएका थिए ।

    कार्यक्रममा अभियन्ताहरु हिक्मतसिंह, गोविन्द आचार्य, दिनेश थापा, पवन कार्की, मन्दिरा कार्की, संगीता बुढाथोकी, सुशीला महर्जन, सुस्मिता नेपाल लगायतको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...