News Portal

  • चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने परिकल्पनाकार डिपी ढकालको वडामा १ हजार बिरुवा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० साउन २०७९
    ९३२ पटक
    भक्तपुर, २० साउन २०७९

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ अन्तर्गत सातौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको ३ साता सम्म आइपुग्दा सातौं कार्यक्रम सम्पन्न भएको हो ।

    शनिबार चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा बिरुवा बितरण गर्न अभियानका परिकल्पनाकार समेत रहेका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको नेतृत्वमा अभियन्ताहरु बाल्मिकेश्वर परिसरमा पुगेका थिए । उक्त अवसरमा चाँगुनारायण-७ का वडाध्यक्ष श्यामकृष्ण नयाँजुको समेत उपस्तिथि रहेको थियो । उनले वडावासी समेत रहेका बौद्धिक नेता डिपी ढकालको परिकल्पना र संरक्षणमा संचालित एभोकाडो सिटी अभियानमा आफ्नो र वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    बाल्मिकेश्वरमा स्थानीयको व्यापक उत्साहसहित बिरुवा बाढ्ने र रोप्ने काम गरिएको थियो । अभियानका संयोजक नरेश खड्काले बाल्मिकेश्वरमा ४ सय विरुवा बाढिएको बताए । ” शनिवार वडा नम्बर ७ को बाल्मिकेश्वरका २ सय घरमा दुईवटाको दरले एभोकाडोको बिरुवा बाढ्ने र रोप्ने काम भएको छ ।” उनले भने ।  यो अभियान ३ साता  अघि वडा नम्बर ७ कै तपादम्फु बाट बिरुवा बाढ्ने र रोप्ने कार्यक्रम गरि अभियान शुभारम्भ भएको थियो ।  दुईपटक गरी वडा नम्बर ७ को करिब ५ सय घरमा  १ हजार बिरुवा  रोपिएको बताइएको छ ।

    स्थानीय अभियन्ता राजन लामिछाने, हरिशरण लामिछाने, राधेय नेपाल लगायत संग सम्पर्क गरि शनिबार बिरुवा लिन छुटेका स्थानीयले बिरुवा प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको समेत संयोजक खड्काले जानकारी गराएका छन् ।

    बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अभियानका परिकल्पनाकार एवं बागमती प्रदेशको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिन अभियन्ताहरुले देखाएको सक्रियताले आफूलाई उत्साहित बनाएको बताए । स्थानीयको सहभागीता र बृक्षारोपणको अवस्था हेर्दा अभियान पुरा सफल हुने उनले बिश्वास ब्यक्त गरेका छन् । यो अभियानले चाँगुलाई “स्वच्छ सुन्दर र समृद्ध नगर बनाउने छ ।” उनले भने ।

    उक्त अवसरमा अभियन्ताहरु सुनिल बासु, दिनेश खनाल, चण्डिका लामिछाने, रामकुमार तामाङ, रामभक्त खत्री, जगन्नाथ खत्री, मदन श्रेष्ठ, हरिश लामिछाने, अमृता संजेल, गणेश थापा, भरत काफ्ले लगायतको सहभागीता रहेको अभियन्ता बिनोद लामिछानेले बताए ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...