News Portal

  • तेलकोट-काठमाडौ बससेवा नियमित गर्न विद्यार्थीको माग, आन्दोलनको चेतावनी

    रुपक ढुंगाना भक्तपुर, २१ साउन २०८०
    ९७० पटक
    भक्तपुर, २१ साउन २०८०

    तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् ।

    आइतबार दुधपाटीस्थित कार्यालयमा पुगी विद्यार्थीहरुले यातायात नियमित नहुदा पठनपाठन प्रभावित भएको बताए । कलेज जाने समयमा सार्वजनिक बस नहुदा कक्षा छुट्ने गरेको र फर्कदा पनि उस्तै हाल भएपछि भोकभोकै बस कुर्नुको बिकल्प नभएको उनीहरूको भनाइ छ ।  उनीहरूले उक्त क्षेत्रका बासिन्दालाई यातायातको सुगमता अनुभूत गराउन समेत ख्वप भक्तपुर मिनिबस यातायात प्रालिसंग आग्रह गरे ।

    प्रालिले यातायात संचालन सम्बन्धी तालिका समेत उपलब्ध गराउन नसकेको प्रति आक्रोश ब्यक्त गर्दै उनीहरूले यातायात सेवालाई नियमित र भरपर्दो बनाउनु पर्नेमा जोड दिए । अन्यथा आफूहरु आन्दोलन गर्न बाध्य हुने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।

    स्थानीय युवा तथा विद्यार्थीको आक्रोशलाई सम्बोधन गर्दै ख्वप भक्तपुर मिनिबस यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले विद्यार्थीलाई बिहान कलेज जाने समयमा १५/२० मिनेटको फरकमा ३ वटा बसले सेवा पुर्याउने प्रतिवद्धता प्रकट गरे । उक्त क्षेत्रमा हाल ११ वटा बस संचालनमा रहेका जानकारी गराउदै उनले भदौ १ गतेबाट थप आधा दर्जन बस थप्ने आश्वासन समेत दिएका छन् ।

    आइतबार स्थानीय युवा तथा विद्यार्थी र ख्वप भक्तपुर मिनिबस यातायात प्रालिबीचको बार्ता सकारात्मक रहेको स्थानीय युवा संजीवराज गिरीले जानकारी गराए । सो क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमित र व्यवस्थित बनाउन दुबै पक्ष सम्मीलित एक ९ सदस्यीय व्यवस्थापन तथा अनुगमन समिति बनाइएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...