News Portal

  • पत्रकार ढकाललाई पितृशोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ साउन २०८०
    ६७३ पटक
    भक्तपुर, २७ साउन २०८०

    नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका पत्रकार हेमराज ढकाललाई पितृशोक परेको छ । उनका पिता भीष्मप्रसाद ढकालको शनिबार अपराह्न असमायिक निधन भएको हो ।

    लामो समयदेखि मुटु र फोक्सोको समस्याले ग्रसित भीष्म प्रसाद पछिल्लो २ सातादेखि भक्तपुर अस्पतालमा उपचाररत रहेका थिए । उनको ५९ वर्षको उमेरमा शनिवार उपचारकै क्रम्मा असमायिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    उनको पार्थिव शरीरलाई अन्त्यष्टिका लागि पशुपति स्थित आर्यघाट लैजाने तयारी भैरहेको पारिवारिक श्रोतको भनाइ छ ।

    दिवङ्गत ढकालका श्रीमती, १ छोरी र २ छोरा छन् । पत्रकार ढकाल उनका जेठा छोरा हुन् । नेपाल पत्रकार महासंघ भक्तपुरले सहसचिव ढकाललाई पितृशोक परेकोमा दु:ख ब्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...