News Portal

  • चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत झौखेलका ३ सय घरमा रोपियो एभोकाडो

    आकाश गजुरेल भक्तपुर, ३१ साउन २०८०
    ७०३ पटक
    भक्तपुर, ३१ साउन २०८०

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत बुधबार  चाँगुनारायण नगरपलिकाको वडा नम्बर ३ मा विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । झौखेलस्थित बालभूषण विद्यालयमा बाडिएको एभोकाडोको विरुवा ३ सय घरमा रोपिएको हो ।

    स्थानीय समेत रहेका अभियन्ता सुमन दाहालको अग्रसरतामा झौखेलमा एभोकाडोका बिरुवा बितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको संयोजक नरेश खड्काले बताए । संयोजक खड्काले दिएको जानकारी अनुसार झौखेलका ३ सय घरपरिवारलाई दुई वटाका दरले विरुवा वितरण गरिएको छ । विरुवाको माग बढेपछि स्थानीय समेत रहेका अभियन्ता सुमन दाहालले थप बिरुवाको लागि पहल गर्ने बताएका थिए । अभियानलाई सफल पार्न स्थानीय निकै उत्साहित देखिएका छन् ।

    स्थानीय कुबेर प्रसाद दाहालले ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत प्रत्येक घरमा एभोकाडो फल्ने कुराले आफूहरुलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ‘बौद्धिक युवा व्यक्तित्व बोकेका डिपी ढकालको परिकल्पनामा संचालित भएकोले पनि यो अभियान सफल हुने बिश्वास गरेका छौं ।’ उनले भने ।

    त्यस्तै स्थानीय महेश गेलालको बिचारमा चाँगुबासीका लागि एभोकाडो गुणकारी फल र आम्दानीको श्रोत बन्न सक्ने भएकाले यो अभियानमा सबैको साथ् रहेको छ । अभियानलाई सेलाउन दिनु नहुनेमा जोड दिंदै उनले अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् ।

    आफ्नो वडामा एभोकाडोको विरुवा निशुल्क वितरण गरेकामा वडा नम्बर ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले खुशी व्यक्त गरेका छन् । सरकारी तवरबाट नभएको काम अभियन्ताहरुको पहलले भएको भन्दै उनले सन्तोष व्यक्त गरे । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका डिपी ढकाल चाँगुनारायणको बिकास र सम्बृद्धिका लागि सदैव लागिरहेको स्मरण गर्दै वडाध्यक्ष धिमालले बौद्धिक नेता डिपी ढकालको परिकल्पनामा संचालित यस अभियानलाई आफूहरुले आँखा चिम्लेर बिश्वास गरेको बताउदै सफल पार्न लागिपर्ने प्रतिवद्धता प्रकट गरे ।

    बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अभियानका परिकल्पनाकार एवं संरक्षक डिपी ढकालले चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ स्वच्छ र सम्बृद्ध चाँगुनारायण देख्न चाहनेहरु सबैको साझा अभियान भएको बताए । बागमती प्रदेशका मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका ढकालले यो सरकारी अभियान भने नभएको स्पष्ट पारे । ढकाल नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत हुन् तर उनले यो कुनै पार्टी विशेषको मात्र अभियान नभएको पनि प्रतिक्रिया दिएका छन् । अर्थ राजनीतिका बिभिन्न पुस्तक लेखेका ढकालले आफू चाँगुबासी भएकाले चाँगुनारायणको पहिचान वृद्धि गर्न र स्थानीयको आय आर्जन बढाउँन अभियान संचालन गरेको उल्लेख गरे । अभियानमा स्वतस्फूर्त रुपमा जोडिएका अभियन्ता र स्थानीयको उत्साहले आफू उत्साहित भएको उनको भनाइ छ ।

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत बुधबार झौखेलमा सम्पन्न कार्यक्रममा अभियन्ताहरु सुनिल गोठे, दिनेश खनाल, सुन्दर खनाल,रामकुमार तामाङ्ग, रामभक्त खत्री, सरराज उप्रेती, दिपेश लामिछाने,बिनोद लामिछाने, अमृता संजेल, अञ्जना पोखरेल लगायतको सहभागिता रहेको अभियन्ता जगन्नाथ खत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...