News Portal

  • ‘हनी ट्रयाप’को आरोपमा सानोठिमी बस्ने युवतीसहित युवक पक्राउ : के हो हनी ट्रयाप

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३१ साउन २०८०
    ९६२ पटक
    bhaktapur policeभक्तपुर, ३१ साउन २०८०

    ‘हनी ट्रयाप’को आरोपमा भक्तपुरको सानोठिमी बस्ने एक युवती पक्राउ परेकी छन् । उनीसंगै काठमाडौं बस्ने एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई घर भई भक्तपुरको सानोठिमी बस्ने आयुष्मा भनिने आसिका मगर र दोलखाको भीमेश्वर घर भई काठमाडौंको तारकेश्वर बस्ने राजु खत्री रहेकाे प्रहरीले जनाएको छ ।

    पिडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

    सामाजिक सञ्जालको माध्यमबाट महिलाको प्रयोग गरी भक्तपुरका पुरुषहरुसंग प्रत्यक्ष भेटघाट गर्ने र झुट्ठा मुद्दा लगाएर फसाइदिने भन्दै ‘ब्ल्याकमेल’ गरी पैसा माग्ने तथा असुली गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धानका लागि उनीहरु दुवैलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको बताइएको छ ।

    के हो हनी ट्रयाप
    शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ साध्ने कला हो — हनी ट्रयाप । प्राय: हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरिन्छ र पुरुषलाई जालमा पारिन्छ । शारीरिक आशक्तिका कारण पुरुष पहिलाको मुट्ठीमा सजिलै आउछ । सेक्सको लोभमा पुरुषलाई पारेर योजनावद्ध रुपले उसलाई आफूअनुकूल ठाउँ र अनुकुल समय फसाइन्छ र स्वार्थ पूर्ती गरिन्छ ।

    रुपवती र कामुक युवतीहरु हनी ट्रयापका लागि प्रयोग गरिन्छन भने कतिपय युवती योजनाकारसमेत हुन्छन । आगोको अघि घिउ पग्लिए झैँ पुरुषहरु ती युवतीको कामुकतामा मन्त्रमुग्ध बन्छन र बिस्तारैबिस्तारै उनीहरुको जालमा परेर उम्कन नसक्ने गरी फस्न पुग्छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...