News Portal

  • सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहस्यमय मृत्यु, स्थिति तनावपूर्ण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ भदौ २०८०
    १५८७ पटक
    भक्तपुर, ३ भदौ २०८०

    बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको छ ।

    आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

    सुधारगृहले आइतवार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त आक्रोशित छन् । घटना बुझ्न जाँदा जिल्ला प्रहरी वृत्त थिमीका प्रहरी निरीक्षकले उल्टै दुर्व्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । घटनाको सत्यतथ्य छानविन हुनुपर्ने उनीहरुको माग छ ।

    अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन गर्ने तयारी गरिरहेको थाहा भएको छ ।

    यसैबीच मृतकका आफन्त घटनाबारे छलफल गर्न प्रहरी वृत्त थिमि पुगेका छन् । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...