News Portal

  • नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    भक्तपुरपोष्ट संवाददाता चाँगुनारायण, ३ भदौ २०८०
    ९४५ पटक
    चाँगुनारायण, ३ भदौ २०८०

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् ।

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको आइतवार बिदाई समेत गरिएको छ । बिदाई समारोहमा सहभागीहरुले प्राडा श्रेष्ठको योगदान अविस्मरणीय रहने बताएका छन् ।

    बिगतमा स्वामीत्व बिबादका कारण आफ्नो साख गुमाउदै गएको कजेललाई ट्रयाकमा ल्याउन र वर्तमानमा उत्कृष्ठ शैक्षिक नतिजा एवं प्रतिष्ठा हासिल गर्न श्रेष्ठको नेतृत्व सफल भएको संचालक समितिका सदस्य नरेश खड्काको भनाई छ ।

    बिदाई कार्यक्रममा कलेज संचालक समितिका सदस्यहरु नरेश खड्का, दिनेश खनाल, सोमप्रसाद प्रधान, संतोष केसी सहभागी भएका थिए । स्वास्थ्य प्रतिकूलताका कारण संचालक समितिका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री भने कार्यक्रममा अनुपस्थित रहे ।

    उक्त अवसरमा कलेजका सहायक प्राचार्य प्राध्यापक दुर्गाप्रसाद भण्डारी, प्राध्यापक एवं कर्मचारीका नेताहरु दिपक धामी, दीपंकर फ़टेचा, श्रीराम खनाल, प्रशासन प्रमुख श्रीमा शर्मा लगायत प्राध्यापक कर्माचारी एवं विभिन्न विद्यार्थी संगठनका कलेज इकाईका नेताहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    २ हजार २ सय विद्यार्थी अध्ययनरत नेपाल इञ्जिनियरिङ्ग कलेजमा २ सय २० प्राध्यापक/कर्मचारी कार्यरत छन् । प्राडा श्रेष्ठको बिदाई संगै कलेजको शैक्षिक नेतृत्व गर्ने प्राचार्य पद रिक्त रहन पुगेको छ । संचालक समितिको बैठकबाट प्राचार्य नियुक्ती गर्नुपर्ने व्यवस्था भएपनि संचालक समितिको पदेन अध्यक्ष रहेका चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले समय दिन नसक्दा लामो समयदेखि बैठक बस्न सकेको छैन । संचालक समितिका सदस्य नरेश खड्काले भने छिट्टै बैठक बस्ने र कुशल शैक्षिक नेतृत्व दिन सक्ने प्राचार्य नियुक्त गरिने जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...