News Portal

  • सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ४ भदौ २०८०
    २४५२ पटक
    भक्तपुर, ४ भदौ २०८०

    सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भाला सहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् ।

    आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो । बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका छन् ।

    सुधारगृहले आइतवार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको भए पनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त र कैदीबन्दी आक्रोशित छन् ।

    आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ । बाहिरी उक्साहटमा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका छन् । छानविन समितिले सत्यतथ्य बाहिर ल्याउने दावी गर्दै संयमित बन्न र कानुन बाहिर नजान सिडिओ रिजालको सुझाव छ ।

    यसैबीच सुधार गृहबाट निस्किएका करिब २ सय कैदीबन्दी कोटेश्वर पुगेको खबर छ । उनीहरुले सुधार गृह प्रशासन र प्रहरीमाथि कार्वाहीको माग राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...